२०७७ फाल्गुन २४ गते सोमवार

पर्यटन व्यवसायिका लागि प्रक्षिक्षण

तुलसीपुर, फागुन ८ ।पर्यटन व्यवसाय सञ्चालकहरुका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा प्राटोकोलमा प्रशिक्षण कार्यक्रम भएको छ । कोभिड –१९ को महामारीको प्रभावलाई कम गरी संगै पर्यटन क्षेत्रलाई उच्चस्तरको प्रोत्साहित गर्ने उदेश्यका साथ तालिम आयोजना गरिएको हो ।

सम्भावित आर्थिक वृद्धि र आय वृद्धिमा योगदान दिन खाद्यान्न सुरक्षा र कार्यस्थल स्वच्छताको आधारभूत मापदण्ड अनुसरण गर्न तुलसीपुर क्षेत्रका पर्यटन, होटेल र अन्य व्यवसाय सञ्चालनका लागि स्वास्थ्य र स्वच्छता सुरक्षा प्रशिक्षण दिइएको हो ।

तुलसीपुर उपमहानगरपालिका पर्यटन तथा संस्कृति प्रवद्धर्न शाखाको समन्वयमा गेट फाउण्डेशनको आयोजना र जिटीजेटको प्राविधिक सहयोगमा प्रशिक्षण भएको हो ।

जसका तुलसीपुर क्षेत्रका ५० जना व्यवसायीहरुको सहभागीता थियो । तालिमको प्रशिक्षकमा यशोदा वली, शिशिर घिमीरे, डिआर भण्डारी, यमलाल पराजुली, सुवोध आचार्य लगाएका थिए ।

तालिममा सौन्दय तथा व्यक्तिगत स्वच्छता,सुक्ष्मजीवहरु, हातको स्वच्छता, कार्यस्थलको सरसफाई र स्वच्छता, खाद्य सुरक्षाको माापदण्ड, खाना विषाक्तता, खाद्य सुरक्षाको मापदण्ड, सरसफाई सामग्री र भण्डारणको उपयोगको उचित प्रविधि, भान्सा कोठाको सरसफाईको महत्व लगायतथका विषयमा प्रशिक्षण दिएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *