काठमाण्डौ,माघ २१ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ ।
हिजो र अस्ति तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९२ हजार रुपैयाँमा झरेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले घटेर १३ सय २० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।
प्रकाशित मिति : २०७७ माघ २१ गते बुधवार