तुलसीपुर, पुस १४ । तुलसिपुर सिटी हस्पिटल प्रालिले तुलसीपुरमै पहिलो पटक दैनिक रुपमै नाक, कान र घाँटी रोग उपचार गर्ने गरि सेवा सुरु गरेको छ ।सिटी हस्पिटलले हरेक दिन विहान ८ बजेदेखि वेलुका ५ वजेसम्म ती सेवा दिने भएको छ ।
मनिपाल मेडिकल कलेज पोखरा तथा धुलीखेल अस्पतालमा लामो समय काम गरेका अनुभवी नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सन्जय महर्जनले अबदेखि सिटी हस्पिटलबाट सेवा दिन थालेका हुन ।
अस्पतालका प्रबन्ध निर्देशक हेमराज बस्नेतले सेवा ग्राहीको आग्रहमा तुलसीपुरबाटै नाक, कान र घाँटीका रोगीहरुले लाभ लिन सकुन भन्ने उदेश्यले डा. महर्जनलाई ल्याइएको जानकारी दिए ।
अबदेखि सिटी हस्पिटलले नाक सम्बन्धि साईनुसाईटीस, लामो समय देखिको पिनास, नाक भित्र मासु पलाएको, स्वाद तथा गन्ध थाहा नपाउने, एलर्जी, नाथ्री फुटी रहने जस्ता समस्याहरुको उपचार दिन थालेको निर्देशक बस्नेतले बताए ।
त्यस्तै कान कान पाकेको, लामो समय देखि पिप बगि रहने, कान नसुन्ने, कानभित्र मासु तथा हड्डी पलाएको समस्या र कानको जाली फुटेको उपचार पनि सुरु भएको बस्नेतले बताए ।
त्यस्तै घाँटीमा बारम्बार देखापर्ने टन्सिलाईटीस, घाँटी बुजिएको झै हुने, स्वास नलीको क्यान्सर, स्वर बसिरहने, अत्यधिक तथा कम र्याल उत्पादन हुने, थाईराईड ग्रन्थी सम्बन्धि रोगको ओपिडी तथा अप्रेसन सेवा प्रदान गर्ने प्रबन्धक बस्नेतले जानकारी दिए ।
यसअघिसम्म तुलसिपुरमा नाक,कान घाँटी रोग विशेषज्ञ नहुँदा यसक्षेत्रका सर्वसाधारण उपचारका लागि घोराही तथा नेपालगन्ज जानुपर्ने बाध्यता थियो । त्यसले उनीहरुको खर्च बढ्नुका साथै बिरामीले अनावश्यक सास्ति खेप्नुपर्ने अवस्था थियो ।
त्यो बाध्यताको अन्त्य होस भन्ने उदेश्यले नकिजै सहज रुपमा सेवा प्रदान गर्ने उदेश्यले अस्पतालले सेवा विस्तार गरेको प्रबन्धक बस्नेतले तर्क गरे ।
सिटी हस्पिटलले हाडजोर्नी तथा नशारोग विषेशज्ञ डा. गोपाल सागर डिसी, डा. सवल कृष्ण गैरे, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. शेखर थापा, कनसल्टेन्ट सर्जन डा. सुशीला खानिया, रेडियोलोजिष्ट कन्सल्टेन्ट डा. सरोज पौडेल एनेस्थेसिया कन्सल्टेन्ट डा. रुपेश महतो लगाएतका विशेषज्ञ डाक्टरहरुद्वारा दैनिक रुपमा ओपिडी तथा अपरेसन सेवा दिने गरेको बस्नेतले जानकारी दिए ।
निर्देशक बस्नेतका अनुसार सिटी हस्पिटलले आगामी माघ १ गतेदेखि तुलसीपुरको ‘ङ’ लाईनदेखि आईसियू, दुरविन विधी बाट अपरेशन, सिटी स्क्यान सेवा पनि सुरु गर्न लागेको छ ।
‘हामी नयाँ संरचनाका साथ आईसियू सेवा सुरु गर्छौैं,’ बस्नेतले भने ‘हामी सर्वसाधारणलाई नजिकै स्तरिय सेवा उपलब्ध गराउन चाहान्छौं।’