२०८२ असार २७ गते शनिवार

साढे ९ लाख मूल्यपर्ने बेनेलीको ‘३०२ एस’ मोटरसाईकल दाङमा

दाङ, पुस १४ । ईटालियन मोटरसाईकल कम्पनी बेनेलीको ‘३०२ एस’ मोटरसाईकल दाङमा पहिलो पटक लञ्च भएको छ । बलियो मोटरसाईकलको रुपमा चिनिएको यो मोटरसाईकल यसअघि दाङमा उपलब्ध थिएन । कम्पनीको घोराहीस्थित आधिकारीक बिक्रेता बेनेली शोरुमले लामो समयको मेहनत पछि यो मोटरसाईकल दाङमा लञ्च गरेको जनाएको छ ।

‘झण्डै एक बर्ष सम्म हामीहरु यो मोटरसाईकल लञ्च गर्ने प्रयासमा थियौँ,’ शोरुमका सञ्चालक सञ्जिब पछाईँले भने ‘एक बर्ष लामो प्रयासले अहिले बल्ल सार्थकता पाएको छ।’

बलियो ईञ्जिनसहित चलाउन आरामदायी मानिएको यो मोटरसाईकलको रङ अनुसार मुल्य निर्धारण छ । हरियो रङका मोटरसाईकलको मुल्य ९ लाख ६० हजार र सेतो,कालो र रातो रङ मिसिएको मोटरसाईकलको मुल्य ९ लाख ३५ हजार रुपैंया रहेको पछाईँले जानकारी दिए ।

पछिल्लो समय ईटालिय ब्राण्डको बेनेली मोटरसाईकल युवा पुस्ताको अधिक रोजाई बन्दै गएको छ । ‘लञ्च भएको ३०२ एस मोटरसाईकल पनि युवा पुस्ताको अधिक लोकप्रिय मानिएको मोटरसाईकल हो,’ उनले भने ‘ दाङमै पनि यो मोटरसाईकलको अधिक माग हुँदै आएको थियो ।’

अर्का सञ्चालक सुन्दर शाहले ग्राहकहरुको सन्तुष्टिका लागि आँफुहरुले नयाँ स्वरुपको मजवुत मोटरसाईकल जिल्लामा भित्र्याएको वताए । उनले भने ‘हामीहरु नाफामुखी व्यवसायको सोँच मात्रै राखेका छैनौं । ग्राहकको सन्तुष्टिलाई पनि ध्यान दिएका छौं।’

नयाँ मोटरसाईकल लञ्च गर्दै ब्यवसायी नेता टंकसिंह बुढाथोकीले साना सवारीसाधन परिमार्जित भई नयाँ स्वरुपमा आउनु खुसीको कुरा भएको बताए । उनले बेनेलीको यो मोटरसाईकलले सेवाग्राहीहरुको मन जित्ने विश्वास लिए ।

कार्यक्रमका विशिष्ट अतिथि चेम्बर अफ कमर्षका उपाध्यक्ष बलदेव योगीले नयाँ मोटरसाईकल भित्र्याएकोमा बेनेली शोरुम सञ्चालक टिमलाई धन्यबाद दिए । कार्यक्रममा नेपाल तरुण दलका नेता बिरबहादुर खत्रीले बेनेली शो रुमलाई ग्राहकको सन्तुष्टिलाई ध्यान दिन सुझाव दिए ।

सञ्चालक सुन्दर शाहको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण अर्का सञ्चालक सञ्जिव पछाईँले गरेका थिए ।

प्रकाशित मिति : २०७७ पुष १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *