२०८१ भाद्र २८ गते शुक्रवार

कृषि सहकारीको भवन बनाउन एक करोड


सल्यान, मंसिर २८ ।साना किसान सहकारी संस्था लिमिटेड कपुरकोटको नयाँ भवन निर्माण गर्न लागिएको छ । कपुरकोट गाउँपालिका वडा नं ३ स्थित सहकारी भवनको आइतबार गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिमबहादुर सेनले सिलान्यास गरेका हुन् ।

भवन सिलान्यास गर्दै कपुरकोट गाउँपालिकाका समेत अध्यक्ष रहेका सेनले गाउँपालिकाको कृषि तथा पशु क्षेत्रको विकासका लागि सहकारीले अभियान सञ्चालन गर्न सक्नुपर्ने बताए ।त्यस्तै उनले सहकारीको विकासका लागि गाउँपालिकाले सहयोग गर्ने बचन दिए ।

नयाँ भवन एक करोडको लागतमा निर्माण हुन लागेको सहकारीका अध्यक्ष डम्बरबहादुर यरीले जानकारी दिए । चालु आर्थिक वर्षका लागि साना किसान सहकारीले ५० लाख रुपैंया विनियोजन गरेको छ ।

२ वर्ष अघि कपुरकोटमा सहकारीले १० लाख रुपैंयामा भवन निर्माणका लागि जमिन खरिद गरेको थियो । सोही स्थानमा ६ कोठे नयाँ भवन निर्माण गर्न लागिएको सहकारीका प्रवन्धक तिर्थराज शर्माले कार्यक्रममा जानकारी दिए ।

भवन सिलान्यास कार्यक्रममा कपुरकोट ३ का वडा अध्यक्ष तथा सहकारीका पूर्व अध्यक्ष मिनबहादुर सेन, सहकारीका जित प्रसाद आचार्य लगाएत जनप्रतिनिधी, सहकारीका सदस्यहरुको उपस्थिती थियो ।

२०५४ सालमा स्थापना भएको साना किसान कृषि सहकारी संस्था कपुरकोटको आन्तरिक र वाह्य श्रोत गरी हाल कुल सम्पत्ति ११ करोेड रहेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *