२०८२ असार ३० गते मङ्गलवार

सुनको भाउ आज सात सय रुपैयाँले घट्यो

काठमाण्डौ,मंसिर २४ । केही दिन यता लगातार उकालो लगेको सुनको भाउ आज भने सात सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ पुगेको सुनको भाउ आज ९३ हजार ४ सय रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउमा घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *