तुलसीपुर,कात्तिक १७ । दाङको तुलसीपुरमा तीन करोडको लागतमा ‘गार्डेन मार्ट’ सञ्चालनमा आएको छ । तुलसीपुरको बाहिनी चोकमा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले उक्त मार्ट सञ्चालनमा ल्याएको हो ।
गार्डेन मार्ट बजार सोमवारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको संस्थाका म्यानेजर थानेश्वर जोसीले जानकारी दिए । सहकारीको माध्यमबाट तुलसीपुरसगै जिल्लाका सबै क्षेत्रका उपभोक्तालाई सहज र सुलभ रूपमा आवश्यक सामग्री उपलब्ध गराउने तथा यहाँका नागरिकलाई प्रत्यक्ष रोजगारी दिने मुख्य उद्देश्यका साथ गार्डेन मार्ट सञ्चालनमा ल्याइएको उनले बताए ।
मार्टले हाल ५० जना बढीलाई प्रत्यक्ष रोजगार प्रदान गरिरहेको जानकारी दिइएको छ ।मार्टमा उपकार ब्रान्डका दैनिक उपभोग्य सामग्री, आधुनिक कृषि उपकरण, मर्मत सम्भारका लागि आवश्यक सम्पूर्ण पार्टपूर्जाहरू उपलब्ध छन् । त्यो बाहेक चामल, दाल, चिया, चकलेट, ध्यू, मह,जुस टिमुर लगायतका आफ्नै उत्पादन बजारमा सहकारीले बजारमा ल्याउने छ ।
त्यस्तै भाँडा वर्तन, श्रृङ्गारका सामग्री,स्टेशनरी,जुत्ता,ब्याग,बाल खेलाउना,लुगा, पिय पदार्थ लगाएतका सम्पुर्ण सामाग्रीहरु बिषेश छुटका साथ उपलब्ध गराउने म्यानेजर जोसीले जानकारी दिएका छन् ।
उनका अनुसार सहकारीले पहिलो मार्ट डडेलधुरा, दोस्रो मार्ट भक्तपुरमा र तेश्रो मार्ट दाङको तुलसीपुरमा सञ्चालनमा ल्याएको हो । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था तुलसीपुरमा १४ औँ शाखा हो । यो सहकारीले देशभरका ३५ वटा जिल्लामा शाखा विस्तार गरी आफ्नो सेवा प्रदान गर्दै आएको छ ।