काठमाडौं,असोज २८। आज पनि सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ५ सयले घटेको सुन आज प्रतितोला ६ सयले घटेर ९४ हजार ५०० मा कारोबार भइरहेको छ ।
आज तेजाबी सुनको मूल्य ९४ हजार कायम गरिएको छ । यस्तै चाँदीको भाउ पनि आज २० रुपैयाँ घटेको छ । आज चाँदी १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार