२०८१ चैत्र ४ गते सोमवार

सुनको भाउ आज तोलाको ९३ हजार ९ सय रुपैयाँ

काठमाण्डौ,असोज २२ । सुनको भाउ आज तोलाको ९३ हजार ९ सय रुपैयाँमा झरेको छ ।

आज तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा ८ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो । सुनको भाउ घटे पनि चाँदीको भाउ आज बढेको छ ।

चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *