
तुलसीपुर ,असोज ११ । आउँदै गरेका चाडहरु दशैं तिहारलाई मध्य नजर गर्दै दाङमा जिउँदो खसी बोकाको खरिद मूल्य निर्धारण गरिएको छ । अब २० देखि २४ केजी सम्मको खसीको जिउँदो मूल्य प्रति केजी ५ सय , २० देखि २९ केजी सम्मको खसीको प्रति केजी ५ सय २५ र ३० केजी भन्दा बढी तौलको खसीलाई ५ सय ३० का दरले खरिद मूल्य निर्धारण गरिएको छ ।
त्यस्तै ३० केजी सम्म तौल भएको बोकाको खरिद मूल्य प्रति केजी ४ सय ८० र ३० केजी भन्दा माथि तौल भएको बोकाको प्रति केजी ५ सय मूल्य निर्धारण गरिएको छ । सहकारी मार्फत खसी बोका खरिद गर्ने व्यापारीले प्रत्येक केजीमा थप ७ रुपैंया सेवा शूल्क सहकारीलाई तिर्नुपर्ने नियमपनि बनाइएको छ । जसले गर्दा जिउँदो खसी बोका खरिद गर्ने व्यापारीलाई प्रति केजी ५ सय ३७ रुपैंया पर्ने भएको छ ।
जिल्लावाट बर्षेनी दशैंको अवधिमा काठमाडौं, पोखरा लगाएतका सहरमा खसी बोको ठूलो मात्रामा पठाउने गरिन्छ । आइतवार लमही नगरपालिका वडा नं. ९ स्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा बसेको सरोकारवालाहरुको बैठकले जिउँदो खसी बोकोको मूल्य निर्धारण गरेको हो । बैठकमा किसान, व्यवसायी, स्थानीय प्रशासन, जनप्रतिनिधि, सहकारीका पदाधिकारीको उपस्थिति थियो ।

दशैंको अवधिमा काठमाडौं, पोखरा लगाएतका सहरमा खसी बोको ठूलो मात्रामा पठाउने गरिन्छ । आइतवार लमही नगरपालिका वडा नं. ९ स्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा बसेको सरोकारवालाहरुको बैठकले जिउँदो खसी बोकोको मूल्य निर्धारण गरेको हो । बैठकमा किसान, व्यवसा