२०७७ कार्तिक ८ गते शनिवार

घोराहीमा खुल्यो,सी फूड पाइने ‘मेट्रो दाङ’ रेष्टुरेण्ट

दाङ,पुस २४ । घोराहीमा एक पछि अर्कौ स्तरिय होटेल तथा रेष्टुरेण्टहरु खुल्न थालेका छन् । पछिल्लो समय झन्डै एक करोडको लगानीमा एउटा रेष्टुरेण्ट खोलिएको छ । ‘मेट्रो दाङ’ नाम दिइएको फरक खाले रेष्टुरेण्ट खोलिएको छ । जस्लाई जिल्लाको सबैभन्दा बढी लगानीमा खोलिएको रेष्टुरेण्ट भएको दाबी गरिएको छ ।

चाउमिन, मम वा स्न्याक्स मात्रै बेच्ने भन्दा फरक स्वाँदका परिकार समेत खानपाइने रेष्टुरेण्ट खुलेपछि त्यहाँ ग्राहकको आकर्षण बढ्दै गएको एक सञ्चालक सञ्तोष गिरीले बताए । ‘हिजो समौसा थियो आज चाउमिन र मम मात्रै बेच्नु भन्दा खानेकुरामा ग्राहक मज्जाले रमाउन पाउनु पर्छ,केही फरक खानेकुरा बेच्नुपर्छ भन्ने हाम्रो मान्ने हो,’ गिरीले भने ‘हामी कहाँ चाईनिज, इण्डियन, कन्टिनेन्टल, जापनीज लगाएत सीफूड समेत पाइन्छ।’

अक्टोपस, प्राउन, समुन्द्रका माछा लगाएका समुन्द्रका खानेकुरा बेच्दै आएको छ । पविारका सदस्यसहित अडर अनुसार सबै प्रकाशरको परिकार खाने वातावरण मेट्रो दाङले उपलब्ध गराएको सञ्चालक गिरीले बताए । वर्डथे, बैवाहिक वर्ष गाँठ मनाउनेहरुको लागि रेष्टुरेण्टले उत्कृष्ट सेवा दिने गरेको गिरीले बताए । रेष्टुरेण्टले त्यहाँ पुगेर केही खाने हरेक पाहुना संग फिडव्याक पनि माग्ने गरेको छ । ‘पाहुनाले राम्रो मानेको कुरा र हामीले सुधार गर्नुपर्ने कुराको निधक्क सुझाव दिन आग्रह गर्छौं,’ गिरीले भने ‘पाहुनाको सुझावलाई महत्वका साथ कार्यान्वयन गरिन्छ।’

मेट्रो दाङ रेष्टुरण्टमा पुरै परिवारका साथ खाना, खाजा र नास्ता खाने उचित वातावरण छ । गिरीले भने ‘हाम्रोमा सी फूड खान आउनेहरुको संख्या बढ्दै गएको छ ।’

जिल्लामा हालसम्म सीफूड खान पाइने कुनैपनि रेष्टुरेण्ट नभएको हुँदा उपभोक्ताको सेवालाई ध्यानमा राखेर रेष्टुरेण्ट सञ्चालन गरिएको उनले बताए ।

सञ्चालक सञ्तोष गिरी

झन्डै तीन महिना अगाडि सञ्चालनमा आएको रेष्टुरेण्टमा ‘अक्टोपस’ हालसम्म दंगालीले बढी रुचाएको खाना बन्न पुगेको सञ्चालकले गिरीले बताए । ‘नयाँ खाना भएरपनि धेरैले अक्टोपस खोज्दै आउनु हुन्छ,’ गिरीले भने ‘त्यो बाहेक हामीले अन्य सी फूडपनि बेच्दै आएका छौं।’

अब सेकुवा मात्रै बेच्ने भन्दा विभिन्न किसिमका खानाका परिकारहरु पनि पस्किन आवश्यक रहेको गिरीले बताए ।

गिरीले तीन जना साथिहरु मिलेर मेट्रो दाङ रेष्टुरण्ट स्थापना गरेको जानकारी दिए । ‘यस्तै रेष्टुरेण्ट ‘मेट्रो काठमान्डौं’ काठमान्डौंमा छ,’ गिरीले भने ‘त्यसैको शाखाको रुपमा घोराहीमा मेट्रो दाङ यहाँ सञ्चालनमा ल्याएका हौं।’

दाङको लोकल र लोकप्रिय खानालाई ब्राण्डिङ बनाउने प्रयासं
दाङलाई चिनाउने गरि एउटा कुनै खानालाई स्थापित गर्ने सोचका साथ अध्यन र अनुसन्धान समेत गरिरहेको गिरीले बताए । दाङको सिन्कि (गुन्द्रुक) र बदिया भाले नेपालमा लोकप्रिय भएपनि त्यसलाई व्यवसायिक रुपमा ब्राण्ड बनाउन सकिन्छ कि भन्ने कसरतमा आफुहरु रहेको उनले बताए । ‘दाङमा मुलाको मात्रै सिन्कि बनाइन्छ, तर अरु जिल्लाहरुमा अन्य बस्तुको पनि सिन्कि बनाइन्छ,’ गिरीले भने ‘ त्यसैले दाङको जस्तो छुट्टै स्वाँद भएको सिन्कि अन्त कतै पाइदैन । यसैमा केही गर्ने कि भन्ने छ।’

त्यसैगरी दाङको बट्टाईपनि निकै लोकप्रिय रहेको बताए । तर पछिल्लो समय बट्टाईलाई पनि ब्रोईलर कुखुरा पालेको जस्तै गरि पाल्न थालिएपछि दाङको बट्टाईको चर्चा सेलाएको उनले बताए ।

दाङको तिल्कि धानको चामल, मनसुली चामलको चर्चा देशभर रहेपनि त्यो पनि पछिल्लो समय आयातित चामलका कारण ओझेलमा पर्न थालेको हुँदा दाङलाई चिनाउन ती कुराहरुमा सबैले चासो दिनुपर्ने उनले बताए । दाङको उत्तरी भूभागमा सिस्नो,ढिडोको लोकप्रियता व्यापक रहेको उल्लेख गर्दै रेष्टुरेण्ट सञ्चालक गिरीले दाङको स्थानीय खानालाई ब्राण्डिङ कसरी गराउने भन्ने सवालमा सरसल्लाह भइरहेको जानकारी दिए । उनले स्थानीय खानालाई ब्राण्डिङ गर्न सके मात्रै स्थापित हुन सकिने तर्क गरे ।

‘विश्वमा ख्याति कमाएका होटेल र रेष्टुरेण्टका सेफहरुले आफ्नै स्थानीय खानालाई ब्राण्डिङ बनाएर लोकप्रियाता हासिल गरेका छन्,’ गिरीले भने ‘ तर हामी कहाँ भने बाहिरको खानालाई भजाएर सेफ बन्ने गलत अभ्यास कायमै छ। भविस्यमा यो रोक्ने सोचमा हामी छौं।’

दाङमा आउने पाहुलाई कसरी दाङकै स्थानीय परिकार पस्किने भन्ने सोचमा आफुहरुमा रहेको उनले बताए । ‘दाङमा आउने पाहुनाले दाङकै लोकल खान खान खोज्छ,त्यो पस्किन नसक्ने हो भने दाङ बन्दैन,’ गिरीले भने ।

हाल १५ जनालाई मेट्रो दाङले रोजगारी दिएको छ । त्यसमध्य किचेमा काम गर्ने सेफ काठमान्डौंवाट र थप दुई जना बुटवलवाट ल्याइएको बताए । अन्य सबै म्यानपावर दाङकै रहेको उनले बताए । गिरीका अनुसार जिल्लामा अझैं राम्रो सेफ पाउन मुस्किल रहेको हुँदा बारिहवाट ल्याउनुपर्ने बाध्यता रहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७६ पुष २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *