Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


तुलसीपुरमा खुल्यो नयाँ अटो प्राली



बसन्त पौडेल,
तुलसीपुर, असोज ४ । तुलसीपुरमा शिद्घ चमेरे गुफा यातायात प्राली नामक नयाँ यातायात प्राली खुलेको छ । यो संगै अब तुलसीपुर क्षेत्रमा अटो प्रालीको संख्या ४ पुगेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मुलकोटमा अवस्थित नेपालकै ठूलो गुफा सिद्घ चमेरे गुफाको नामवाट नयाँ प्रालीको नामांकरण गरिएको छ ।

चमिरे गुफाको प्रचार प्रशार गर्न तथा हलवारलाई चिनाउने उद्देश्यका साथ प्रालिको नामाकरण गरिएको प्रालीका अध्यक्ष अकवर घर्तीले जानकारी दिएका छन् । शिद्घ चमेरे गुफा यातायात प्रालीमा हाल ४० अटोहरु सञ्चालनमा रहेका छन ।

घर्तीको अध्यक्षता र तुलसीपुर उपमहानगरपालीकाका कार्यपालीका सदस्य अमर नेपाली (माइकलको) प्रमुख आथित्यतामा प्रालीको शनिवार उद्घाटन गरिएको हो । जस्को विशिष्ट अतिथिहरुमा तथा वडा नं ४ का वडा अध्यक्ष वालकृष्ण राणा र शिद्घ चमेरे गुफा व्यवस्थापन समितिका अध्यक्ष भुपवहादुर पुन थिए । कार्यक्रमका बक्ताहरुले अटो सञ्चालनमा आएपछि सर्वसाधारणले सर्वशुलभ रुपमा गाउँ घर तथा बजारमा छिटो छरितो सेवा पाएको बताएका थिए । त्यस्तै उनीहरुले अटो व्यवस्थापनमा राज्य उदासिन भएको भन्दै थप जिम्मेवार बन्न राज्यलाई आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal