२०८२ मङ्सिर २४ गते बुधवार

तुलसीपुरमा ओमेगा इन्स्टिच्युट सञ्चालनमा


यमकला भुसाल,
तुलसीपुर, असोज ३। दाङको तुलसीपुरमा ओमेगा इन्स्टिच्युट सञ्चालनमा ल्याइएको छ । उक्त इन्स्टिच्युटको शुक्रवार एक कार्यक्रमका बिच नेपाल सरकार शिक्षा मन्त्रालयका पुर्व सह–सचिव एवं राप्ती बबई क्याक्पस तुलसीपुरका सञ्चालक समिति अध्यक्ष विष्णुकुमार देवकोटाले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि देबकोटाले संस्थाको आन्तरिक सिस्टमलाई वलियो बनाएर शिक्षालाई जोड दिदै अगाडी बढ्न आग्रह गरे । उनले भने,–अन्य सस्थाहरुसगं समन्वय गरेर क्वालीटीमा जोड दिदै अघि बढ्नुहोस । साथै उनले सेवा मुखी भावले संस्था सञ्चालनमा ल्याएको भन्दै धन्यवाद समेत व्यक्त गरे ।सफल हुनका लागी नयाँ काम गरिरहनु पर्दैन,पुरानै कामलाई नयाँ ढगंले काम गर्न सक्नु नै सफता हो । साथै उनले जनशक्ती उत्पादन गर्न गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने समेत बताए ।

ओमेगा इन्स्टिच्युटका फाउण्डर कपिल केसीको अध्यक्षतामा भएको कार्यक्रममा रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मी,गुरु जजुर मावीका प्रध्यानाध्यापक गोपाल बुढाथोकी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । इन्स्टिच्युटका फाउण्डर शुमन शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण आसा वलिले गरेका थिए ।

आम विद्यार्थीहरुको भविष्य बनाउने उद्देश्यले ओमेगा इन्स्टिच्युट सञ्चालनमा ल्याइएको बताइएको छ । साथै ओमेगा इन्स्टिच्युटले लोकसेवा,बृजकोष,विभिन्न भाषाहरु पढाउने र विद्यार्थीहरुलाई रोगजारीका लागी विभिन्न देशहरुमा पठाउन सेवा मुखी रुपले काम गर्ने समेत जनाएको छ ।

प्रकाशित मिति : २०७६ असोज ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *