Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


दुग्ध जन्य उत्पादनको मुल्य बढ्ने



अमरराज आचार्य,
दाङ, ८ भदौ । दुग्ध जन्य वस्तुको मुल्य वृद्धि गरिएको छ । घोराही क्षेत्रमा दुध दही, ध्यु, पनिरको मुल्य वृद्धि गरिएको छ । डेरी व्यवसायि संघले मुल्य वृद्धि गर्ने निर्णय गरेको हो । २ वर्ष देखि दुधको मुल्य वृद्धि हुन सकेको थिएन । सवै क्षेत्रमा मुल्य वृद्धि भएको कारण मुल्य वढाइएको डेरी व्यवसायि संघ घोराहीका अध्यक्ष इश्वरी घिमिरेले बताए ।

संघले दुध प्रतिलिटर ८० रुपैया वनाएको छ । त्यसैगरेर दहि १ सय रुपैया लिटर वनाइएको छ । पनिर ७ सय रुपैया किलो र घिउ १ हजार २ सय रुपैया किलो वनाइएको उनले बताए । मुल्य वृद्धि भए पछि कृषकहरुले ५ रुपैया र व्यवसायिहरुले ५ रुपैया पाउने संघले जनाएको छ । यसरी वढाइएको मुल्य यही भदौ ११ गते वाट लागु हुने संघले जनाएको छ । जिल्लामा कति दुध उत्पादन तथा खपत हुन्छ भने यकिन तथ्याङ भने छैन् । व्यवासायिहरुका अनुसार जिल्लामा दैनिक करिव२० देखि २५ हजार लिटर दुध खपत हुने गरेको छ ।

जिल्लाका घोराही, लमही, तुलसीपुर, गढवा, भालुवाङ, नारायणपुर लगायतको बजारहरुमा गरी दैनिक करिव २० देखि २५ हजार लिटर दुध खपत हुने गरेको छ । खपतको तुलनामा उत्पादन भने कम रहेको व्यवसायिहरु बताएका छन् । अन्य समयमा पुगे पनि चाड पर्वको वेला दुध अपुग हुने गरेको छ । चार्ड पर्वको समयमा डेरीहरुमा दुध तथा दहीको नपुग्ने गरेको डेरी व्यवसायि संघ घोराहीका अध्यक्ष इश्वरी घिमिरेले बताए । चाड पर्वको समयमा डेरीहरुमा विहान नै दुध दही सकिने गरेको छ । घोराहीमा मात्र दैनिक२५ सय लिटर दुध आउने गरेको छ ।

घोराहीमा उत्पादनले नपुगेको कारण वाहिर वाट ल्याउनु पर्ने उनको भनाइ छ । जिल्लामा पछिल्लो समय डेरी व्यवसायीमा लगानी वढदै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङको तथ्याङ्क अनुसार जिल्लामा ४५ वटा डेरी दर्ता भएका छन् । यी डेरी उद्योगमा ३ करोड ७७ लाख १४ हजार लगानी भएको छ । अझ पछिल्लो चरणमा दुध तथा दुग्धजन्य पदार्थको माग बढ्दै गएकाले डेरी उद्योग खुल्ने क्रम पढेको दाङ जिल्ला डेरी व्यवसायिहरु बताउछन् ।

जाडो समयमा जिल्लाको उत्पादनले धान्ने पनि अन्य समयमा पर निर्भर रहनु पर्ने वाध्यता रहेको छ । अन्य समयमा भन्दा चाडपर्वको समयमा वाहिरबाट धेरै आयात गर्नु पर्ने गरेको छ । जिल्ला दुधमा आत्म निर्भन हुन नसक्दा वाहिर वाट ल्याउनु पर्ने वाध्यता छ । जिल्लामा दुधका लागि व्यवसायीक गाइपालन केही फस्टाउदै गए पनि व्यवसायीक भैसीपालन कम रहेको किसानहरु बताउछन् । बजारमा गाइको भन्दा भैसीको दुधको माग वढीभएकाले व्यसायिक भैसीपालन गर्नु आवश्यक रहेको व्यवसायिहरुको भनाइ रहेको छ ।

दाङमा डेरी उद्योगको तथ्याङ्क स्यानीय निकायको नाम उद्योगको संख्या लगानी रकम
– बबई गाउँपालिका २ ६०००००
– गढवा गाउँपालिका ४ २८,०००००
– घोराही उपमहानगरपालिका १९ १,४६,९१,०००
– तुलसीपुर उपमहानगरपाकिा १० १,१०,६९६१०
– लमही नगरपालिका ८ ५२,५३,३४००
– राप्ती गाउँपालिका २ ३३,०००००
– जम्मा ४५ ३,७७,१४०१० – स्रोत : घरेलु तथा साना उद्योग कार्यालय दाङ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal