२०८३ असार १५ गते सोमवार

आज २३औं राष्ट्रिय धान दिवस

दाङ, असार १५ ।
आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । नेपालको अर्थतन्त्र कृषीमै आधारित छ ।
२३ औँ राष्ट्रिय धान दिवसका अवशरमा देशभर बिभिन्न कार्यक्रम गरि दिवस मनाइदै छ । तर, यो बर्षको लामो खडेरीका कारण तथा मौसम ढिला गरि भित्रिएका कारण दाङ लगाएत मुलुकका अधिकाँस स्थानामा धान रोपाइ भइ सेकेको छैन । खेतहरु बाँझै छन् ।
सरकारले २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस औपचारिक रुपमा मनाउने निर्णय गरेको थियो ।
कृषी प्रधानदेश नेपालमा बर्षभरका लागि छाक जुटाउन किसान असार भर खेतीमा निकै मेहनत गर्छन ।
असार १५ गतेका दिन असारे भाकामा लोकदोहोरी गाउँदै हिलोमा छुपुछुपु धान रोप्ने गरिन्छ ।
आज खेतमा काम गर्दै दही च्यूरा खाने दिनपनि हो । संभव भएसम्म आज सबैले दही च्युरा खाने गर्छन । बजारका डेरीहरुमा आज दहीको अभाव हुने गर्छ । असार १५ र दही च्यूरा नेपाली समाजको एउटा संस्कृति बन्दै गएको छ । नेपाली समाजमा शुभकार्यका क्रममा दहीको सगुन अनिवार्य मानिन्छ । कुनैपनि महत्वपूर्ण कामका लागि घरबाहिर निस्कने समयमा सगुनका रुपमा खाने प्रचलन छ । दही अक्षता मुछेर निधारमा रातो टीका लगाउनु शुभ साइतको प्रतीक मानिन्छ ।


साथै किासनले असारमा निकै कडा मेहनत गर्नु पर्ने भएको हुँदा दही च्यूराले थकित किसानको शरिरमा शितलता र शक्ति दिने गर्छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक छ । दहीले पाचन शक्ति राम्रो बनाउँछ । पखाला लागेका बेला दही चिउरा खानु उपयुक्त मानिन्छ ।
यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को अवसरमा शुभकामना दिएका छन् ।
उनले कृषि क्षेत्रको आधुनिकीकरण, धान उत्पादन वृद्धि र खाद्य आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आचार्यले ‘जलवायूमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारालाई व्यवहारमा उतार्दै कृषि उत्पादन र उत्पादकत्व बढाउने दिशामा प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०८३ असार १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *