२०८३ असार ९ गते मङ्गलवार

निरीह तुलसीपुर उपमहानगरपालिका, सटरको भाडा उठाउनै सकेन


तुलसीपुर, असार ९ ।

तुलसीपुर उपमहानगरपालिकाले बर्षौंदेखि आँफुले भाडामा लगाएका सटरहरुको भाडा उठाउनै नसकेको देखिएको छ ।
जस्ले गर्दा उपमहानगरको राश्जव संकलन अपेक्षाकृत रुपमा संकलन हुन सकेको छैन ।
आलुमण्डी, साझा बजार, मासु मण्डी, तयारी पोषाक, अटो भिलेजका सटरहरुको भाडापनि कसैले बुझाएका छैनन् ।
आलु मण्डीको १५ वटा सटरहरुको गत बर्षको बक्यौता रकम २ लाख १५ हजार थियो । यो आर्थिक बर्षमा १ लाख ७५ हजारपनि बुझाएका छैनन् । कुल गरि हालसम्म ४ लाख ७० हजार आम्दानी भएको छ । आलुमण्डी बाट हालसम्मको कुल ९ लाख ५५ हजार रकम उठाउन बाँकी छ ।
त्यस्तै साझा बजारमा २० सटरहरु बाट गत बर्षको बक्यौता ४ लाख ८२ हजार र यस आर्थिक बर्षको ४ लाख २८ हजार गरि कुल ९ लाख १० हजार आम्दानी भएको भएको छ । तर साझा बजार बाट उठाउनु पर्ने रकम हालसम्म कुल ११ लाख ३७ हजार रहेको उपमहानगरका लेखा समिति सभापति घनश्याम ढकालले बताए ।
त्यस्तै मासु बथशालाका ४१ सटरहरुको गत बर्षको बक्यौता रकम ४ लाख ३५ हजार र यस आर्थिक बर्षको ३ लाख ७५ हजार गरि जम्मा १० लाख १० हजार हुन्छ । सबै गरि मासु बथसाला बाट २१ लाख ६० हजार रकम उठाउन बाँकी छ । तयारी पोषाकका १७ वटा सटरहरु बाट यस आर्थिक बर्षमा ४ लाख १७ हजार ५ सय आम्दानी भएको छ । तर, उठाउन बाँकी रकम ४ लाख १७ हजार छ ।
अटो भिलेजका १३० सटरहरुको गत बर्षको बक्यौता ५ लाख ७० हजार २ सय र चालु आर्थिक बर्षको ७ लाख ५ हजार ९ सय गरि १२ लाख ७६ हजार १ सय आम्दानी दाखिला भएको हुनु पर्ने हो । तर, सटर बाफतको रकम कसैले तिरेका छैनन् । अटो भिलेजको हालसम्मको बक्यौता २२ लाख ९४ हजार ५ सय पुगेको छ । हालसम्म उपमहानगरलाई आलुमण्डी, साझा बजार, मासु बथशाला, तयारी पोषाक र अटो भिलेजका सटरहरु बाट ६५ लाख ४५ हजार ५ सय रकम संकलन हुन नसकेको देखिएको छ ।
यस्तै कारणहरुले गर्दा आन्तरिक आयतर्फ ५२ करोड संकलन हुने अनुमान गरिएकोमा हालसम्म जम्मा १७ करोड १६ लाख ४५ हजार ८ सय १३ रुपैंयाँ मात्रै राजश्व संकलन भएको बिवरण लेखा समितिका सभापति ढकालले प्रस्तुत गरे । आर्थिक मसान्त सकिनै लाग्दा अनुमानित राजश्वको तुलनामा संकलित राजश्व जम्मा ३३ प्रतिसत मात्रै छ ।

प्रकाशित मिति : २०८३ असार ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *