दाङ, जेठ २३ ।
चार बर्ष अघि सासुको हत्या आरोपी बुहारीलाई पूर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत प्यूठानले आदेश दिएको छ ।
जिल्ला अदालत प्यूठानका न्यायाधीस हिरन्ने भण्डारीको इजलासले ३२ बर्षीया बुहारी चेती सुनारलाई जेठ १९ गते पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
अदालतको आदेशपछि सोही दिन चेतीलाई जिल्ला कारागारमा पठाइएको थियो ।
प्यूठानका प्रवक्ता प्रहरी निरीक्षक हरि भट्टराइका अनुसार २०७९ मंसिर १ गते स्वर्गद्वारी नगरपालिका–६ डाँडाखर्ककी ६३ वर्षीया धनीकुमारी सुनारको हत्या भएको थियो ।
प्यारालाइसिस बाट ग्रसित धनीकुमारीको टाउकोमा गम्भीर घाउ चोट लागेको अवस्थामा स्थानीय भुपाल घर्तीको बारीमा शव फेला परेको थियो । उनी नजिकै छुट्टै कटेरो (घरमा) एक्लै बस्थिन । धनीको रेखदेख तथा औषधिमूलो गरि रहनु पर्ने हुँदा बुहारीले हत्या गरेको अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको थियो ।
धनी हत्या घटनाको चार बर्ष पछि सौतेनी बुहारी ३२ बर्षीया चेती सुनार बैशाख २३ गते पक्राउ परेकी थिइन ।
