२०८३ जेष्ठ २१ गते बिहिवार

यी हुन लुम्बिनी सरकारमा थपिएका ५ मन्त्री


तुलसीपुर, जेठ २१ ।
लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले)का चार र जसपाका एक जना गरि पाँच जना मन्त्री थपिएका छन् ।
एमालेबाट पूर्व मन्त्रीसमेत रहेका रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।
एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यले उनीहरुलाई बुधबार मन्त्रीमा नियुक्त गर्दै मन्त्रालयको जिम्मेवारीसमेत बाँडफाँड गरेका हुन । जेठ २५ गते नवनियुक्त मन्त्रीहरूको शपथ हुने गरि तय गरिएको छ ।
लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर रारा भ्रमणमा रहेका कारण सपथ समारोह २५ गते राखिएको हो ।
कतिपयले एमालेले बजेट ल्याउने समयमा मन्त्रीहरु फेर बदल गरेको भन्दै आलोचना गरेका छन् । असार १ गते आगामी आर्थिक बर्षको बजेट ल्याउने तयारी गरिएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *