२०८३ जेष्ठ २० गते बुधवार

लुम्बिनीमा एमालेका ४ मन्त्रीले आजै राजीनामा दिने


तुलसीपुर, जेठ २० ।
लुम्बिनी प्रदेश सरकारमा सामेल नेकपा (एमाले)का चार जना मन्त्रीहरुले सामुहिक राजीनामा दिने तयारी गरेका छन् ।
एमालेका चार मन्त्रीहरु भूमिश्वर ढकाल, दिनेश पन्थी, खेम सारु मगर र सीता शर्मा चौधरीले बुधबार राजीनामा दिन लागेका हुन ।
प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालका अनुसार मौखिक रुपमा मूख्यमन्त्री समक्ष राजीनामा दिइ सकेको हुँदा केही बेरमा लिखित रुपमै राजीनामा दिने तयारी भइ रहेको जानकारी दिए ।
उनका अनुसार पार्टीको आग्रहमा उनीहरुले राजीनामा दिन थालेका हुन ।
एमालेले पार्टीको तर्फबाट मन्त्रीहरु फेरबदल गर्न थालेको हुँदा उनीहरुले राजीनामा दिन थालेका हुन । स्रोतका अनुसार अब रन्त खत्री, तुलसी चौधरी, डिल्लीराज भुसाल, रामजी घिमिरेलाई एमालेले लुम्बिनी सरकारमा मन्त्री बनाउनका लागि नाम सिफारिस गरेको छ । हाल लुम्बिनी सरकारको नेतृत्व एमालेका चेतनारायण आचार्यले गरि रहेका छन् । उनले भने अन्य मन्त्रीहरु जस्तै राजीनामा दिने छैनन् ।
सत्ता साझेदार नेपाली काँग्रेसले पूर्व सहमति अनुसार सरकारको नेतृत्व नै परिवर्तन हुनुपर्ने माग गरिरहेको समयमा मुख्यमन्त्री अचार्यले आफ्नो पार्टीका मन्त्रीहरु मात्रै फेरबदल गर्न लागेका हुन ।
काँग्रेसले मंगलबार मात्रै पार्टीको तर्फबाट असार १ गते बजेट आउनु भन्दा पहिला मन्त्रीहरु फेरबदल नगर्न आग्रह गरेको थियो । काँग्रेसको त्यो आग्रह बिपरित एमालेका मुख्यमन्त्रीले आफ्नो पार्टीका मन्त्रीहरु फेरबदल गर्न थालेका हुन ।

प्रकाशित मिति : २०८३ जेष्ठ २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *