
तुलसीपुर, जेठ १४ ।
तुलसीपुरमा लुम्बिनी प्रदेश तेक्वान्दो संघको छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सकिएको छ ।
बुधबारदेखि सुरु भइ बिहीबार सकिएको अधिवेशनले पुनः बिमल रिजालको नेतृत्वमा १६ सदस्सीय सर्वसम्मत नेतृत्व चयन गरेको छ । रिजाल प्रदेश तेक्वान्दो संघको संस्थापक अध्यक्ष हुन । पहिलो पटकको तदर्थसमिति समेतलाई नियाल्दा यो उनको नियमित तेस्रो कार्यकाल हो ।
रिजाल अध्यक्ष हुँदा यसअघि तुलसीपुरको कृष्ण मन्दिर नजिकै तेक्वान्दोको सभाहल निर्माण भएको थियो । जुन सभाहल लुम्बिनी प्रदेश सरकारको बजेटमा निर्माण भएको थियो । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बजेट बिनियोजन गरेका थिए । जतिखेर रिजालपनि नेपाली काँग्रेसमै थिए । पछिल्लो समय रिजाल पार्टी परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टीमा पार्टी प्रबेश गरि सकेका छन् ।
रिजालको नेतृत्वमा तुलसीपुरमा तेक्वान्दोको प्रदेशस्तरिय प्रतियोगिता आयोजना गरिएका थिए । त्यो टुनामेन्ट अध्यक्ष रिजाल लगाएतका ब्यबसायी आँफैले ब्यक्तिगत खर्चमा आयोजना गरेका थिए ।

त्यस्तै अधिवेशनले उपाध्यक्षमा द्धय विनिल केसी र राजिवसिंह क्षेत्री, कोषाध्यक्षमा देवबहादुर केसी लगायतलाई सर्वसम्मत रुपमा चयन गरेको छ । उपाध्यक्ष बिनिल यसअघिको कार्यसमितिमा सचिव थिए भने हाल कोषाध्यक्ष भएका देबबहादुर कार्यसमिति सदस्य र हाल सदस्य रहेका मोहन यसअघि कोषाध्यक्ष थिए । सदस्य मध्यबाट एकजना सचिव मनोनित गरिने हुँदा संभावित सचिवका रुपमा मोहन सुनारलाई लिइएको छ ।
प्रदेश तेक्वान्दो संघको अधिबेशन बाट कार्यसमिति सदस्यमा रितु राना, बमबहादुर बिक, मोहन सुनार, दुर्गाबहादुर खड्का, सचिन पौडेल, डम्मरबहादुर बुढाथोकी, बिरबहादुर रावत (बिरु), दिपेन्द्र रिजाल, सपना बस्नेत, नारायणीकुमारी वली, श्याम घले, साबित्रा गुरुङलाई सर्वसम्मत रुपमा चयन गरेको निर्वाचन संयोजक पारेश्वर भट्टराइले जानकारी दिए ।
संघको तुलसीपुरमा भएको अधिबेशनमा संघका केन्द्रीय अध्यक्ष दीपराज गुरुङ, महासचिव हेमन्त डाँगी, केन्द्रीय सदस्य तथा केन्द्रबाट खटाइएका अधिवेशन प्रतिनिधि श्रीमण थापा लगाएत लुम्बिनी प्रदेश भरका तेक्वान्दाका खेलाडी, प्रशिक्षक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
होटेल वष्टर्न पार्टी प्यालेसमा भएको अधिवेशनले तेक्वान्दो खेलको विकास, संगठन सुदृढीकरण तथा आगामी कार्ययोजनाबारे दिशा तय गरेको प्रदेशका अध्यक्ष बिमल रिजालले बताए ।
