२०८३ जेष्ठ ४ गते सोमवार

दाङका निर्माण ब्यबसायीले तुलसीपुरका बिभिन्न कार्यालयमा बुझाए ज्ञापन पत्र


दाङ, जेठ ४ ।
दाङका निर्माण ब्यबसायीले सोमबार तुलसीपुरमा बिभिन्न सरकारी कार्यालयहरुमा ज्ञापन पत्र बुझाएका छन् ।
मध्य पुर्वको युद्धको अशरले प्रत्यक्ष रुपमा निर्माण सामाग्रीको मूल्यमा अत्यधिक बृद्ध भएको तथा निर्माण सामाग्रीको अभाव भएको हुँदा काम गर्न मुल्किल परि रहेको समयमा जबरजस्ति काम गर्न दबाब सृजना गरिएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएका हुन ।
निर्माण ब्यबसायी संघ दाङका अध्यक्ष प्रबिण भण्डारीको नेतृत्वको टोलीले तुलसीपुर उपमहानगरपालिकासहित तुलसीपुरस्थित बिभिन्न सरकारी कार्यालयहरुमा ज्ञपान पत्र बुझाएको हो । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा पटक / पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिबाट सिर्जित विकराल समस्याहरुले काम गर्न समस्या भएको उनीहरुले बताउँदै आएका छन् ।
निर्माण ब्यबसायीले बृहत दाङ उपत्यका सिंचाइ आयोजना, सामाजिक बिकास डिभिजन कार्यालय, भू तथा जलाधार ब्यबस्थापन कार्यालय, जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय तुलसीपुरमा पुगेर ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउन जिल्ला नेता भण्डारीका साथै तुलसीपुर क्षेत्रका प्रतिष्ठित निर्माण ब्यबसायी पनि सामेल थिए । उनीहरुले ज्ञापन पत्र बुझाउँदै आँफूहरुका माग केन्द्रमा पठाइदिन आग्रह गरेका थिए । आँफुहरुका मागहरुको बेवास्ता गरिए थप आन्दोलन गर्न बाध्य हुने उनीहरुको चेतावनी थियो । उनीहरुले मध्य पूर्वको युद्धका कारण निर्माण सामाग्री पाउनै मुस्किल भएको, निर्माण सामाग्रीको चर्कौ मूल्य बृद्धि भएको अवस्थामा ब्यबसायी माथि जबरजस्ति काम गर्न दबाव सृजना गरिएको भन्दै चिन्ता जाहेर गरेका थिए ।
तस्बिरहरु –

प्रकाशित मिति : २०८३ जेष्ठ ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *