२०८३ बैशाख २५ गते शुक्रवार

फेरि बढ्याे सुनचाँदीको मुल्य, कतिमा हुँदै छ कारोबार ?


काठमाडौं,बैशाख २५ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ। सुन तोलामा १ हजार ३०० र चाँदी १२० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९९ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार २७५ कायम भएको छ ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ६०० र त्यति नै परिमाणको चाँदीको पाँच हजार १५५ मा कारोबार भएको थियो ।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला २ लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मुल्य पाँच हजार ५० मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८३ बैशाख २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *