
यमकला भुसाल,
तुलसीपुर, साउन ७ । नेपाली काँग्रेसका संस्थापक ३७ औँ वीपी स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सघं राप्ती बबई क्याम्पस तुलसीपुरले बृक्षारोपन कार्यक्रम गरेको छ । मगंलवार तुलसीपुर स्थित राप्ती बबई क्याम्पस परिसरमा एक कार्यक्रमको आयोजना गरि नेविसघंले बृक्षारोपन गरेको हो । अवसरमा क्याम्पस हाता भित्र करिब ५० बढी अमला र टिकका विरुवा रोपिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले वीपीको विचार र सिद्धान्तले नै अहिले सम्म देशमा लोकतन्त्र जीवित रहेको बताए । उनले महामानव वीपीले लेखेका कुरा पढ्न नेविसघंका विद्यार्थीलाई आग्रह पनि गरे । वीपीको सिद्धान्त भित्र रहेर नेविसंघलाई अगाडि बढ्न सभापति खड्काले निर्देशन दिए ।

युवाहरु देशका परिवर्तनका बहाक भएको बताउँदै जिल्ला सभापति खड्काले युवाले सत्य र निष्ठालाई बुझ्न जरुरी रहेको तर्क गरे । कार्यक्रममा पुर्व सासंद गेहेन्द्र गिरीले सगंठनलाई बलियो बनाउनक सबै एक भएर लाग्नुपर्ने धारणा राखे ।
कार्यक्रमलाई पूर्व पार्टी सभापति घनश्याम रेग्मी, काँग्रेसका महासमिति सदस्य केशवराज आचार्य,राप्ती बबई क्याम्पसका स्ववियु सभापति अनिल कार्की लगाएतले सम्वोधन गरेका हुन । हालसालै अधिकार खोसिएका भनिएका नेविसंघ ईकाइ सभापति वशन्त बस्नेतको अध्यक्षतमा भएको उक्त कार्यक्रम नेविसंघ सहसचिव सुसिल वलीको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कार्यक्रमको सहजीकरण रोहित देवकोटाले गरेका थिए ।
