तुलसीपुर, चैत २४ ।
दाङमा बालुवा गिट्टी चोरी कार्यमा संलग्न एक दर्जन बढी ट्याक्टर नियन्त्रणमा लिइएको छ ।
जिल्लाका बिभिन्न खोला तथा नदी क्षेत्रवाट हप्ता दिनको अवधिमा १३ वटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्लाका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।
उनका अनुसार चैत १७ गतेदेखि २३ गतेसम्म ढुंगा, गिट्टी, बालुवाको अवैध रुपमा ओसार पसार गरि रहेको अवस्थामा १३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिई जरिवाना तिराइएको हो ।
ती ट्याक्टरलाई आवश्यक कारबाही गर्दा तीन लाख ५९ हजार ५७ रुपैंया राज्य कोषमा राजश्व दाखिला भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।
प्रकाशित मिति : २०८२ चैत्र २४ गते मङ्गलवार