दाङ, चैत १ । श्रम संंस्कृति पार्टीले निर्वाचन आयोग समक्ष चार जना समानुपातिक सांसदको नाम सिफारिस गरेको छ ।
उस्ले आदिवासी जनजातिबाट पूर्णप्रसाद लिम्बू, खस आर्यबाट अम्बिकादेवी सङ्ग्रौला, दलितबाट राधिका रम्तेल र मधेसीबाट रुवीकुमारी ठाकुरको नाम सिफारिस गरेको छ ।
यो पार्टीका प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ ४ गरि प्रतिनिधिसभामा ७ सांसद रहने छन् ।
प्रकाशित मिति : २०८२ चैत्र १ गते आइतवार