२०८३ भाद्र ९ गते मङ्गलवार

रुकुम पूर्वबाट ‘प्रचण्ड’ निर्वाचित

दाङ, फागुन २२ । रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) निर्वाचित भएका छन् ।


शुक्रबार बेलुका प्राप्त अन्तिम मत परिनाम अनुसार पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड १०२४० मत प्राप्त गरि निर्वाचित भएका हुन ।

प्रचण्ड आफ्ना निकटत प्रतिष्पर्धी भन्दा ६७६८ मत बढी प्राप्त गरेका छन् ।
प्रचण्डका निकटत प्रतिष्पर्धी नेकपा (एमालै)का लिलामणि गौतमले ३४६२ मत प्राप्त गरेका छन् ।


त्यस्तै नेपाली काँग्रेसकी उम्मेदवार कुसुमदेबी थापाले ३०८१ मत प्राप्त गरिन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) का लखनकुमार थापाले ८ सय १९ मत प्राप्त गरे ।


प्रगतिशिल लोकतान्त्रिक पार्टीका सन्दिप पुनले २०३, नेकपा (माओबादी)का जद्धबहादुर बुढा मगर १९१, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन शाहले ८२, मंगोलन नेशनल अर्गनाइजेसनका ज्योति रोका मगरले ५५, नेशनल रिपब्लिक नेपालका धर्मकुमार बुढाले ५१, राष्ट्रिय जनमोर्चाका चन्द्रप्रशाद शाहीले ३२ र सबै भन्दा कम मत जनता समाजबादी पार्टीका मिरबहादुर बुढाले जम्मा ३० मत प्राप्त गरेका छन् ।


जिल्ला निर्वाचन अधिकृत पुष्पराज शर्माका अनुसार रुकुम पूर्वमा कुल मतदाता ३४ हजार ७ सय ७२ मतदाता रहेकोमा १९ हजार १ सय ६ मतदान भएको थियो ।


प्रचण्ड सबै भन्दा सुरक्षित स्थान खोज्दै तत्कालिन माओबादी युद्धको आधार क्षेत्र रुकुम पूर्वमा यस पटक निर्वाचन लड्न गएका थिए ।

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *