२०८३ असार १४ गते आइतवार

बाढीबाट बस्ति जोगाउन रेडक्रसको सहयोगमा वाल निर्माण


दाङ,साउन ४ । लमही नगरपालिका वडा नं. ८ जहरे गाउँलाई बाढीबाट जोगाउन वाल निर्माण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको ३ लाख ११ हजार ४ सय र वडा कार्यालयको डेढ लाख बाट बस्तिको सुरक्षाको लागि वाल निर्माण गरिएको रेडक्रस देउखुरीका संयोजक प्रकाश डाँगीले बताए ।

वडा कार्यालयले वाल निर्माणको लागि दिएको बजेट अपुग भएपछि रेडक्रसले तीन लाख बढी रकम सहयोग गरेको डाँगीले जानकारी दिए । वाल निर्माण भएपछि हरेक बर्ष राप्ती नदीमा बाढी आउँदा डुवानमा पर्ने जहरे गाउँका स्थानीयलाई आवात जावात गर्न सजिलो हुनुका साथै बाढी समेत बस्तिमा पस्दैन भन्ने आशा गरिएको धनपुरा दैविक विपद समुदायका अध्यक्ष लक्ष्मिप्रशाद चौधरीले बताए । ‘ यो हाम्रो डुवान क्षेत्र हो राप्तीमा बाढी आउँदा हामी गाउँ छोडेर भाग्छौं,’ चौधरीले भने ‘ तर,वाल निर्माण भएछि बस्तिमा अब बाढी पस्दैन कि भन्ने आशा गरेका छौं ।’

 

प्रकाशित मिति : २०७६ साउन ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *