२०८३ भाद्र ८ गते सोमवार

स्वतन्त्र उम्मेदवार लौडारीसहित दुई सय युवा कांग्रेसमा प्रवेश

दमौली , फागुन १८ । तनहुँ क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार सन्देश लौडारीले आफ्नो उम्मेदवारी त्याग गरी नेपाली कांग्रेसमा पार्टी प्रबेश गरेका छन् । काँग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई समर्थन गर्दै उनी काँग्रेस प्रबेश गरेका हुन ।


आइतबार साँझ आयोजित एक विशेष कार्यक्रमका बीच लौडारीको नेतृत्वमा दुई सयभन्दा बढी युवाहरू औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

कुनै पनि किसिमको अवसरवादको पछि नलागी इमानदार नेतालाई सहयोग गर्नु नै आजको आवश्यकता रहेको महसुस गरि आफू कांग्रेसमा प्रवेश गरेको लौडारीले बताए ।

उनले भट्टराईको जीत सुनिश्चित गर्न आफ्नो समूहको करिब एक हजार छ सय मत पूर्ण रूपमा सहयोग हुने दाबीसमेत गरे । नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै उम्मेदवार गोविन्द भट्टराईले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०८२ फाल्गुन १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *