२०८३ भाद्र ७ गते आइतवार

घोराहीमा शंकर पोखरेलको ‘रोड – सो’


घोराही, फागुन १७ । नेकपा (एमाले) दाङ क्षेत्र नम्बर २ ले घोराहीमा आइतबार बिशाल ‘रोड–सा’ को आयोजना गरेको छ । घोराहीको लखन पार्कबाट सुरु ‘रोड सो’ मा सयौं समर्थकको सहभागीता थियो ।


उनीहरुले ‘नेकपा (एमाले) जिन्दावाद, दाङले के भन्छ ? शंकर पोखरेल ले भन्छ’ भन्ने नारा लगाउँदै समर्थकहरुले घोराहीका सडक गुञ्जाएमान बनाएका थिए ।

घोराहीको दिपशीखा चोकमा पुगेर त्यो रोड सो सभामा परिणत भएको थियो ।


त्यहाँ सम्बोधन गर्दै एमाले महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले साझा जनप्रतिनिधिका रुपमा दाङको विकास र समृद्धिको नेतृत्व गर्न चाहेको बताए ।

दाङको समृद्धिका लागि संकल्प पत्र तयार परेर आफू निर्वाचनमा होमिएको भन्दै उनले पाँच वर्षभित्र गर्ने कामको फेहरिस्त तयार पारेर अगाडि बढेको हुँदा सूर्य चिन्हमा मतदान गरी विजयी बनाउन आग्रह गरेका थिए ।

आफू राजनीतिक रूपमा स्थापित भइसकेको उल्लेख गर्दै पोखरेलले अब विकासका लागि साझा जनप्रतिनिधि बन्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

केन्द्रमा सशक्त उपस्थिति बिना दाङले अपेक्षित बजेट र प्राथमिकता पाउन नसक्ने जिकिर गर्दै आफ्नो विजयले दाङको विकास समृद्धिको यात्रा निष्कर्षमा पुग्ने पोखरेलको भनाइ थियो ।

दाङ अहिले ऐतिहासिक ‘टर्निङ पोइन्ट’ मा उभिएको भन्दै पोखरेलले अबको निर्वाचन विकास र समृद्धिको स्पष्ट दिशातर्फ अघि बढ्ने वा पुनः पछाडि फर्कने बीचको महत्वपूर्ण छनोट भएको बताएका थिए ।


पोखरेलले आफूले अघिल्लो कार्यकालमा अघि सारेका अधिकांश प्रतिबद्धता पूरा गरेको दाबी गर्दै बाँकी अधुरा योजनाहरू सम्पन्न गर्न पुनः अवसर दिन मतदातासमक्ष आग्रह गरे ।

उनले दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाउने संकल्प सफलतापूर्वक पूरा गरेको, संस्थापक मुख्यमन्त्रीका रूपमा संघीयता कार्यान्वयनको नेतृत्व गरेको गरे । त्यस्तै राजधानीको गुरुयोजना निर्माण, प्रदेशसभा भवन तथा स्थायी पूर्वाधार निर्माण प्रक्रिया अघि बढाइएको बताए ।

दीर्घकालीन पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै घोराही–तुलसीपुर चारलेन सडक समयमै सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्‍याए ।

प्रकाशित मिति : २०८२ फाल्गुन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *