लक्ष्मण बस्नेत ,तुलसीपुर,फागुन १० । तुलसीपुर नगर स्तरिय खेलकुद सरोकार समितिको संयोजकमा सुधिर गुरुङ चयन हुनु भएको छ ।
तुलसीपुर नगर क्षेत्रमा क्रियाशिल बिधागत खेलका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी,खेल प्रशिक्षक,पुर्व खेलाडी,स्वयंसेवक प्रशिक्षक खेलप्रेमी,शुभचिन्तक लगाएतको आज तुलसीपुरमा सम्पन्न आम भेलाले गुरुङ संयोजक रहेको ११ सदस्यीय तुलसीपुर नगर स्तरिय खेलकुद सरोकार समिती गठन गरेको हो ।
जसको सचिवमा लक्ष्मण बस्नेत, सदस्यहरुमा लाल बहादुर केसि,आशिष कुमार श्रेष्ठ, वसन्त गिरि,प्रीति बहादुर गिरि, डम्बर भन्डारी,खिम घर्तिमगर, उषा कवर,रुपेश शर्मा, सुरेन्द्र सिह राठोर रहेका छन ।
त्यस्तै समितिको सल्लाहकारमा टेक बहादुर बिक,मान बहादुर गोल्डस्मिथ,पद्मा चौधरी,कानुनी सल्लाहकारमा रामशरण चौधरी र प्रेस सल्लाहकारमा नारायण खड्का चयन भएका छन ।
फुटबलका पुर्व राष्ट्रिय खेलाडी सुधिर गुरुङको अध्यक्षतामा सम्पन्न भेलामा बोल्ने वक्ताहरुले दशकौ पुरानो खेलकुदको ईतिहास बोकेको तुलसीपुर नगरको खेलकुद अपेक्षाकृत रुपमा अगाडि बढ्न नसकेको धारणा ब्यक्त गरेका थिए ।
उनिहरुले खेलकुद परंरागत र औपचारिकतामा मात्र सिमित बन्नु,खेलकुद लाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो नहुनु,स्थानिय सरकार र खेलकुद सम्बद्ध सरोकारवाला निकायको चासो र चिन्तन नदेखिनुले समग्र खेलकुद पछाडी परेको बताएका थिए ।
यद्यपि गठित समितिले नगर क्षेत्रमा स्थापित सबै खेलको समान अस्तित्व सहित समग्र खेलकुदको सरोकारका बिषयमा थप टेवा पुर्याउने आशा र अपेक्षा प्रकट गरेका थिए ।
भेलामा तुलसीपुर नगर क्षेत्रमा क्रियाशिल बिधागत खेलका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी,खेल प्रशिक्षक,पुर्व खेलाडी,स्वयंसेवक प्रशिक्षक खेलप्रेमी,शुभचिन्तक लगाएत ५१ जनाको सहभागिता रहेको थियो ।