२०८२ फाल्गुन १० गते आइतवार

तीब्र गतिका दुई मोटरसाइकल आपसमा ठोक्किदा तीन जनाको मृत्यु


दाङ, फागुन ९ । कैलालीमा दुई मोटरसाइकल आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि धनगढी उपमहानगरपालिका– २ सन्तोषी टोलका २२ वर्षीय हरिश वली , गौरीगंगा नगरपालिका – १ का २५ वर्षीय योगेन्द्र शाह र गोदावरी – १ बस्ने २६ वर्षीय हरिश बिकको मृत्यु भएको कैलालीका प्रहरी प्रबक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए ।

घाइते सबैको उपचारका क्रममा नबजीवन अस्पताल धनगडी, सेती प्रादेशिक अस्पताल धनगडीमा मृत्यु भएको थियो ।


दुर्घटनामा गोदावरी –६ का २३ बर्षीय जीवन पाठक घाइते छन् । उनको धनगढीमै उपचार भइ रहेको छ । पाठकको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको डिएसपी तिमिल्सिनाले जानकारी दिए ।


शुक्रबार बेलुका पौने ७ बजेतिर गोदाबरी नगरपालिका – ४ वनदेबी मन्दिर नजिक उत्तर बाट दक्षिण तर्फ जाँदै गरेको सुपप्र ०१–००९ प ७७८१ नम्बरको मोटरसाइकल र बिपरित दिशा तर्फ जाँदै गरेको सुपप्र ०१–०१० प ३१८७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किका उक्त दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार मृतक मध्य हरिश वली र उपचाररत जीवन पाठक सुपप्र ०१–०१० प ३१८७ नम्बरको मोटरसाइकलमा सवार थिए भने अन्य दुई जना मृतकहरु सुपप्र ०१–००९ प ७७८१ नम्बरको मोटरसाइकलमा सवार थिए ।

डिएसपी तिमिल्सिनाका अनुसार तीब्र गतिका दुई मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

प्रकाशित मिति : २०८२ फाल्गुन ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *