लक्ष्मण बस्नेत ,तुलसीपुर फागुन ३ । तेस्रो ललित स्मृती कप खुला भलिबलको उपाधी हेलो मोबाईल तुलसिपुरले जितेको छ ।
फेलोसिप ट्रेनिङ सेन्टर तुलसिपुरको आयोजनामा फेलोसिप खेलमैदान तुलसिपुर ९ बेलुवामा संचालित प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा तुलसिपुर सात लाई २५-१२,२६-२४, २५-१६, २५-११ अर्थात ३-१ को सेटमा पराजित गर्दै हेलो मोबाईल तुलसिपुरले उपाधी चुमेको हो ।
उपाधीसंगै उसले नगद ५० हजार,कप,मेडल तथा प्रमाणपत्र हात पार्यो । फाइनलमा प्रतिस्पर्धात्मक खेल खेलेको तुलसिपुर सात उपबिजेतामा सिमित रहदै नगद २५ हजार, उपबिजेता कप,मेडल, प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
त्यस्तै प्रतियोगितामा टिम कटप्पा घोराही तृतिय भयो । माघ २९ गते बाट सुरु भएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो ।
यसैबिच प्रतियोगिताको पुरस्कार बितरण तथा समापन समारोह फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु यरिको अध्यक्षता तथा नेपाली काग्रेस तुलसिपुर नगर सभापती सुरेश हमालको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिका वडा न ७ का सदस्य मान बहादुर रानाको विशिष्ट आतिथ्यमा भएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी हमाल, विशिष्ट अतिथी राना,नेपाल शिक्षक संघ तुलसिपुर नगर अध्यक्ष घनश्याम डागि,तुलसिपुर खानेपानी तथा सरसफाइ संस्थाका सल्लाहकार गोरख वलि, खेलप्रेमी केशवराज खत्री, चिन्तामणी भट्टराई, नवराज भन्डारी लगाएतले बिजेता,उपबिजेता र तृतिय स्थान हात पार्न सफल टिम तथा खेलाडी लाई नगद पुरस्कार कप,ट्रफी मेडल, प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ वेष्ट प्लेयर खेलाडी हेलो मोबाईलका जर्सी न ६ का दर्शन गुरुङ,वेष्ट स्पाईकर तुलसिपुर सातका जर्सी न ११ का दिनेश भन्डारी, वेष्ट ब्लकर टिम कटप्पा घोराहिका जर्सी न २ का बिकास गिरि,वेष्ट सेटर हेलो मोबाइलका जर्सी न ७ का विवश खड्का,वेष्ट सर्भर हेलो मोबाइलका जर्सी न २ सचिन गाहमगर,वेष्ट लिबेरो हेलो कै जर्सी न १२ का भरत वलि लाई ब्यक्तिगत बिधाको ट्रफी प्रदान गरिएको थियो ।
कार्यक्रमको संचालन भलिबल संघ दाङका महासचिव लक्ष्मण बस्नेतले गरेका थिए ।