तुलसीपुर, पुस १९ । तुलसीपुरमा पुस ४ गतेदेखि जारी १५ दिन लामो महोत्सवको आज अन्तिम दिन । १५ दिन लामो महोत्सवमा यस पटक तुलसीप्ुरमा मुलुककै सर्वाधिक चर्चित कलाकार तथा सेलिब्रेटीहरु तुलसीपुरमा निम्त्याइएका थिए ।
शुक्रबार कोकिल स्वरकी धनी शान्तिश्री परियारले तुलसीपुरमा दर्शकलाई मनोरञ्जन दिइन । त्यसअघि सिने क्षेत्रका अभिनेता पल शाह, गायक तथा अभिनेता प्रकाश सपुत, गायिका समिक्षा अधिकारी, रामजी खाँण लगाएतका कहलिएका कलाकासाधकहरु तुलसीपुर निम्त्याइएका थिए ।
आफ्नो कला र प्रतिभाका कारण सामाजिक संजाल र रिलहरुमा चर्चित अनुहार तुलसीपुरमा आइ प्रस्तुती दिदा सर्वसाधारण दर्शक उनीहरु संगै नाँच्दै गाउँदै भरपुर मनोरञ्जन लिइ रहेका देखिन्थे ।
रोल्पामा जन्मिएर आफ्नो सुमधुर स्वर र प्रतिभाकै कारण मुलुकमै अलग पहिचान बनाउन सफल गाएका शान्तिश्रीका झन्डै ४० बढी गीतहरु हिटको लिष्टमा छन् ।
अन्तिम दिनमा आज सल्यानका लोक दोहरी गायक शक्तिकप चन्द आफ्नो प्रस्तुतिका लागि आउन लागेको महोत्सव प्रचार–प्रसार समितिका संयोजक तिलकराज वलीले बताए ।
आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका महासचिव भद्रबहादुर वलीले मेला उत्साहजनक रुपमा आज समापन हुन थालेको बताए ।
मेला समापनको प्रमुख अतिथिका रुपमा शनिबार तुलसीपुरका मेयर टीकाराम खड्कालाई निम्त्याइएको महासचिव वलीले जानकारी दिए ।
आयोजक संस्थाले यसपाली एकै पटक १५ दिन लामो मेला चलाउने अनुमति लिएको थियो । पछिल्ला केही बर्ष यता संचालित मेला भन्दा यो पटकको मेला कम बिबादरहित र निकै उल्लासका साथ समापन हुन थालेको आयोजक पक्षको दाबी छ ।
यद्यपी बजारहरुमा भने मेला पहिले जस्तै गरि ठेक्कामा दिइएको हल्लाहरु ब्याप्त छन् । आयोजकले ठेकेदारलाई निश्चित रकमा मेला बेचेर आँफैले संचालन गरेको अभियन मात्रै गरेको कतिपयको आरोप छ ।
जस्ले गर्दा ठूलो धनराषी दाङ बाट बाहिर गएको त्यस्तो मत राख्नेहरुको तर्क छ । सस्ता सामान खरिद गर्न पाइने हुँदा आम सर्वसाधारणको त्यस्ता सामाग्री खरिद गर्ने गर्छन । जस्ले गर्दा अबका केही महिना तुससीपुरको ब्यापार ठप्प प्राय हुने आँकलन गरिएको छ ।
यो बर्ष तुलसीपुर मेलामा सबै भन्दा बढी दर्शकको आकर्षन ‘जल परी’मा देखिन्थ्यो । जरी परीका रुपमा परिचित पात्रहरु भने नेपाली थिइनन् । बिदेश बाट भिजिट भिजामा नेपाल ल्याएर काममा लगाइएका महिलाहरु थिए । जस्ले गर्दा ठूलो धनराषी उनीहरुले पनि लगेर गएका छन् ।
‘लन्डन ब्रिज’ का साथै बिभिन्न पिङहरुमा किशोर किशोरको आकर्षण देखिन्थ्यो । ती सबै बाहिर बाट ल्याइएका सामाग्री थिए । जस्ले गर्दा ठूलो धनराषी बाहिएको अनुमान गरिएको हो ।
रैथाने खानाका परिकार बेच्ने कतिपय रेष्टँुरन्टहरुले पनि राम्रँो ब्यापार गरेको प्रतिक्रिया दिएका छन् । जुन भने सकारात्मक पक्ष थियो । मेलामा स्थानीय अधिकाँस कलाकारहरुले पनि स्थान पाए । जो उनीहरुका साथै यो ठाउँका लागिसमेत अबशर थियो ।
उनीहरुले पाउने पैंशा यही बजारमा खर्च गर्ने हुन । जस्ले गर्दा यँहीको बजार चलाएमान हुने हो । अन्य जे जस्तो भएपनि यो मेलाले तुलसीपुरका लागि एउटा उत्सब मय बन्यो । जस्ले तुलसीपुरको पहिचान राष्ट्रब्यापी रुपमा स्थापित गर्न कतै न कतै भूमिका खेल्यो ।
बिभिन्न सेलीब्रेटी कलाकारहरुले आफ्नो सामाजिक संजालहरुमा तुलसीपुर मेलाका फोटो, रिल वा भिडियोहरु राख्नु भने सकारात्मक मान्न सकिन्छ ।
जति सुकै नयाँ तथा आकर्षक नाराहरुका साथ महोत्सव संचालन गरिदै आइएको भएपनि तुलसीपुरको आफ्नै मौलिक पहिचान ब्रान्डिङ गर्ने काम भने यो मेलाले पनि गर्न सकेन । न त यस्ले तुलसीपुरको बिकासका लागि कुनै पनि क्षेत्रमा महत्वपूर्ण साझेदार नै गर्न सक्ने अवस्था देखियो ।
तुलसीपुरको बिकासका लागि ‘टरिगाउँ एयरपोर्ट’को बिस्तार अपरिहार्य रहेको चर्चा बिगतदेखि नै हुँदै आएको छ । एयरपोर्ट बिस्तार संघीय राज्यले गर्ने कामा हो ।
राज्यले नसुनिरहेको समयमा यस्ता मेला महोत्सवहरु एयरपोर्ट विस्तारको नाममा लगाइ दिएको भए भए सायद राज्यलाई झकझक्याउन सजिलो हुने थियो कि ? भन्ने मत कतिपयको छ । जो असत्य होइन ।
मेला जति सुकै सफल ठानिएपछि बिगतका मेलाहरुको निरन्तरता भन्दा फरक थियो भन्ने आधारहरु देखिएनन् । जस्ले मेला आयोजना गर्छ उस्ले निश्चित रकम पाउने (संचय गर्ने) आधार मात्रै हो, भन्नु अतिसयोउक्ति नहोला ।
त्यसैले यस पटकको मेलापनि एउटा ब्यापारको शिलशिलाको पर्यायी भन्दा फरक हुन नसकेको एक प्राद्यापकको भनाइ संग मेल खाएको साँचो हो ।