२०८३ भाद्र ८ गते सोमवार

अमृतपुर खानेपानीमा नेतृत्व चुन्न मतदान जारी

काँग्रेस– नेपाली कम्यूनिष्ट पार्टी र एमाले – बिप्लव नेकपा बीच चुनावी तालमेल

तुलसीपुर, पुस ९ । अमृतपुर खानेपानीको नेतृत्व चुन्न बुधबार मतदान भइ रहेको छ ।
जहाँ खाने पानीको नेतृत्वका लागि नेपाली काँग्रेस र नेकपा एमाले समर्थित उम्मेदवार प्रतिष्पर्धाका लागि मैदानमा उत्रिएका छन् ।

नेपाली काँग्रेस र नेपाली कम्यूनिष्ट पार्टीका बीचमा चुनाबी तालमेल भएको छ भने नेकपा एमाले र बिप्लव नेतृत्वको नेकपा बीचमा चुनाबी तालमेल भएको छ ।

खाने पानीको अध्यक्ष पदका लागि नेपाली काँग्रेसका दशरथ वली र नेकपा एमाले बाट जीतबहादुर खड्का मैदानमा छन् । दुबै पक्षले प्यालन निर्माण गरि चुनाबी मैदानमा होमिएका छन् ।

दुबै पक्षले चुनाबी परिनाम आफ्नो पक्षमा पार्न निकै कसरत गरेका छन् । उनीहरु प्यानलसहित उपभोक्ताको घर घरमै पुगेर मत मागेका थिए ।

काँग्रेसका वली नेतृत्वको लोकतान्त्रिक साझा प्यानलको उपाध्यक्षमा पमलाल भट्टराई, सचिवमा मदन प्रकाश हमाल, सहसचिवमा रत्ना केसी र कोषाध्यक्षमा लालबहादुर वली उम्मेदवार छन् । त्यस्तै सदस्यहरुमा कृष्णबहादुर बिक, लक्ष्मी केसी र देवी शर्मा उम्मेदवार छन् ।


अर्कौ तर्फ एमालेका खड्का नेतृत्वको सयुक्त प्यानलबाट उपाध्यक्षमा मेघराज पाण्डे, सचिव मुक्तिप्रसाद भट्टराई, सहसचिव प्रेम कुमारी बिक, कोषाध्यक्ष हिरा बिक उम्मेदवार छन् । यो प्यानल बाट सदस्य मिनुका पन्ती, सीता बस्याल, दण्डबहादुर खत्री र इन्द्रजीत चौधरी उम्मेदवार छन् ।


अमृतपुर खाने पानीमा एक हजार २ सय ६४ जना उपभोक्ता छन् ।
उनीहरुको मतदान बाट नेतृत्व चयन हुने छ । जारी निर्वाचनमा आफ्ना उम्मेदवारको पक्षमा माहोल बनाउन नेपाली काँग्रेस, नेकपा एमाले लगाएत समर्थित बिभिन्न दलहरु पनि सक्रिय रुपमा लागि परेका छन् ।

मतदानको समय बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म तोकिएको छ ।

प्रकाशित मिति : २०८२ पुष ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *