२०८२ मङ्सिर २२ गते सोमवार

सल्यानमा बस दुर्घटना चालक घाइते


दाङ, मंसिर २२ । सल्यानमा बस दुर्घटना हुँदा चालक घाइते भएका छन् ।


सल्यान बाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको ना ४ ख ६२३२ नम्बरको बस सोमबार बिहान साढे ७ बजेतिर जिल्लाको बागचौर नगरपालिका – ७ कोटबारामा दुर्घटना भएको हो ।


जतिखेर बसमा चालक मात्रै एक्लै थिए । जिल्ला प्रहरी प्रहरी कार्यालय सल्यानका अनुसार कोटबाराका स्थानीय ३५ बर्षीय चालक लालसिंह बिक दुर्घटनामा परि घाइते भएका छन् । उनको बायाँ खुट्टाका साथै शरिरका बिभिन्न भागमा भित्री चोट पटक लागेको छ ।


घाइते बिकलाई उपचारका लागि बागचौर पोलीक्लिनिक थारमारेमा पठाइएको छ ।
मध्यम अबवस्थाका घाइते चालकले बस स्टाट गरि ब्याक गर्ने क्रममा ब्रेक फेल भइ झन्डै ४५ मिटर तल खस्न गएको प्रहरीले बताएको छ ।


घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *