२०८३ असार १४ गते आइतवार

सल्यानको रीममा सुत्केरीलाई भत्ता वितरण


शंकर केसी,
सल्यान, २८ असार । सल्यानको रीममा सुत्केरी आमाहरुलाई पोषण भत्ता वितरण गरिएको छ । कपुरकोट गाउँपालिका –५ नम्बर वडा कार्यालयले शनिबार ९० जना सुत्केरीलाई जनही १ हजार ३ सयको दरले १ लाख १७ हजार रुपैंया वितरण गरेको हो । त्यो रकम नवजात शिशु र आमाको पोषणको अवस्थामा सुधार ल्याउनका लागि वितरण गरिएको थियो ।

पोषण भत्ता पाएपछि कपुरकोट वडा नं। –५ सल्लाम निवासी सुत्केरी पूर्णिमा रानाले स्थानीय सरकारलाई धन्यवाद दिइन । पोषिला खानेकुरा नियमित खानुपर्ने कुरा पनि सिकाएको तथा १ हजार ३ सयको दरको भत्ता पनि प्रदान गरेर सरकारले सुत्केरी आमाप्रति सम्मान व्यक्त गरेको भन्दै उनले खुसी साटिन । वच्चालाई नियमित खोप किन लगाउनु पर्छ रु भन्ने कुरापनि सिकाइएको उनले जानकारी दिइन ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले गर्भावस्थादेखि नै पोषणमा विशेष ध्यान दिनुपर्ने, नियमित स्वास्थ्य संस्थामा चेकजाँच र प्रसुति गृहमा नै सुत्केरी गराउनुपर्ने तथा वच्चा जन्मिएपछि आमालेपनि नियमित पोषिला खानेकुरा खानुपर्ने कुरामा जोड दिएकी थिइन ।

कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष यमकुमार वस्नेतले आमा र बच्चाको सुरक्षाको लागि सुत्केरीलाई प्रोत्साहन गर्न जरुरी ठानेर आफुहरुले सुत्केरी प्रोत्साहन पोषण भत्ता वितरण गरेको बताए ।

त्यसअवसरमा वडा कार्यालयले आफ्नो वडा भित्र रहेका ५ वटा सामुदायिक विद्यालयका १ सय जना विपन्न वालवालिकालाई पोषाक र शैक्षिक सामग्री पनि वितरण गरेको छ ।

सबैलाई एक जोड विद्यालय पोषाक, एउटा ब्याग, दुई दर्जन कापी र कलम वितरण गरिएको थियो । त्यसका लागि १ लाख ५० हजार रुपैंया खर्च भएको वडा अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ असार २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *