
दाङ,असार २६ । प्रतिवन्धित लागुऔषध मनोद्धिपक भनिने पदार्थसहित चार जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँस्थित ईश्वरी थापाको घरमा डेरा गरि बस्नेत च्याङरा भन्ने हिक्मत रोकामगरसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १० निवासी २३ वर्षीय केशव डाँगी, रोल्पा जिल्ला साविक कुरेली–८ निवासी हाल घोराही–१३ मा बस्ने २२ वर्षीय रमेश बुढामगर र घोराही उपमहानगरपालिका १४ बस्ने २६ वर्षीय दामबहादुर पुन रहेका छन्।
घरको सौचालयमा डाइजापाम र नुफिन लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । साथै प्रहरीले डाइजापाम २ एम.एल. लेखेको १० थान र नुफिन २ एम.एल. लेखेको १० थान गरि जम्मा २० थान आगुऔषध पनि बरामद भएको बताएको छ। उनीहरुका विरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।