२०८३ असार १३ गते शनिवार

चट्याङले लागेर बालक घाइते

दाङ,असार २२ । दाङमा चट्याङले लागेर एक बालक घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा नं. १० खैरा निवासी ८ बर्षीय अनमोल केसी घाइते भएका छन् । केसी घर भित्रै रहेको समयमा आइतवार दिउँसो साढे २ बजेतिर चट्याङले लागेको थियो ।

घाइते बालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति : २०७६ असार २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *