२०८१ बैशाख २० गते बिहिवार

डोल्पामा जीप दुर्घटना १० को मृत्यु

डोल्पाको सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नं को जीप ठूलीभेरी नगरपालिका–९ बतासेओढारबाट ठूलीभेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको छ भने  दुई जना घाइते भएका छन् ।

उक्त जीपमा १२ जना यात्रु  थिए । १० जना यात्रुको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए  । मृतकको सनाखत हुन सकेको छैन । शव नदीबाट निकालेर परीक्षणका लागि जिल्ला अस्पताल दुनै लगिएको छ । दुई जना घाइते दुनै अस्पतालमा उपचार भैरहेको छ । कसरी दुर्घटना भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रजिअ थापाले बताए ।

प्रकाशित मिति : २०७५ कार्तिक १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *