२०८३ असार १३ गते शनिवार

एउटै विद्यालयमा ४१ बर्षसम्म पडाएका प्रधानाध्यापक केसीको विदाई

छवि पुरी,
नारायणपुर, असार १५ । सिद्धरत्ननाथ माध्यमिक विद्यालय नारायणपुर दाङले अनिवार्य अवकाश प्राप्त गरेकालाई विदाई र विद्यालयमा आएका नयाँ भएका प्रधानाध्यापकलाई स्वागत गरेको छ । घोराही उपमहानगरपालिका १० मा अवस्थित विद्यालयमा लामो समयदेखि अध्यापन गर्दै आएका प्रधानाध्यापक टोपकहादुर केसीलाई आइतवार एक कार्यक्रमको आयोजना गरी विदाई गरेकोे छ भने प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका निमित्त प्रधानाध्यापक उत्तमकुमार खनाललाई स्वागत गरेको छ । अवकाशका साथ विदाई भएर गएका केसी बिक्रम सम्बत २०३५ माघ २९ गतेबाट यही असार १० गतेसम्म निरन्तर अध्यापन गर्दै आएका शिक्षक हुन । उनले २०६७ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

त्यस्तै, विद्यालयमा नयाँ प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका खनाल यस अघि शैक्षिक तालिक केन्द्र भैरहवामा प्रक्षिक्षकको भूमिका निर्वाह गरेका शिक्षक हुन । स्वागत तथा विदाई कार्यक्रम विद्यालय व्यवस्थापन समिति चिन्ताबहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट शुरु भएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुको विदाई भएर लागेका शिक्षक केसीको विद्यालयमा पुर्याएको योगदानको चर्चा गरेका थिए । विद्यालयमा करीव ४१ वर्षसम्म अध्यापन गरेका केसीले विद्यालय सुधार र शैक्षिक योजनामा महत्वपूर्ण योगदान गरेको भन्दै बक्ताहरुले प्रशंशा गरेका थिए ।

कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष शारदा थापा, शिक्षक अभिभावक संघका सदस्य रमेश केसी, पूर्व शिक्षक विष्णुप्रसाद घिमिरे, विद्यालय व्यवस्थापन समिति सल्लाहकार माधव पाण्डे, मदन आचार्य तथा विद्यालय व्यवस्थापन समिति सदस्य टीकाबहादुर वलीलगायतले मनतब्य व्यक्त गरेका थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक भूपबहादुर रावतले धन्यवाद ज्ञापन गर्नु गरेको कार्यक्रमको सहजीकरण युवराज बस्नेतले गरेका थिए ।

 

प्रकाशित मिति : २०७६ असार १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *