
शंकर केसी,
सल्यान, १३ असार । सल्यानमा दश जना किसानलाई सम्मानित भएका छन् । कृषिमा समाजमा उदाहरण प्रस्तुत गर्न सफल उनीहरुलाई नगद रकमले समेत पुरस्कृत गरिएको छ। जिल्लाको कपुरकोट गाउँपालिकाले कृषि पेशा अंगालेर समाजमा राम्रो उदाहरण प्रस्तुत गर्न सफल किसानलाई पुरस्कृत गरेको हो ।
फलफुल खेती गरेका कपुरकोट ५ रिमका पूर्भान पुन र वडा नम्बर ४ का किसान युवराज रावतलाई पुरस्कृत गरिएको हो । पुनले अनार, स्याउ तथा कागती खेती गरेका छन् भने रावतले वार्षिक ५० क्विन्टल बढी सुन्तला विक्रि गर्ने गरेका छन् । सुन्तला विक्रिबाट मात्रै वर्षमा ४ लाख ५० हजार बढी आम्दानी हुने गरेको रावतले जानकारी दिए ।
त्यस्तै मौरी पालन तर्फ कपुरकोट २ का भिमबहादुर घर्ती पुरस्कृत भएका छन् । ४० घार मौरी पाल्दै्र आएका उनले घारको संख्या बढाउने तयारिमा रहेको बताए । त्यसैगरी १४ रोपनी जमिनमा तरकारी खेती गरेका कपुरकोट ५ का अमर राना, अन्य किसानहरुमा कपुरकोट १ का तुलबहादुर पुन, बमबहादुर कँवर, कपुरकोट ३ का भिमबहादुर बुढा, वडा नं. ४ का बालाराम बाँठा, वडा नं. ६ का नविन केसीलाई पुरस्कृत गरिएको छ ।
कृषि सेवा शाखा कपुरकोटका प्रमुख टिका राईले खाद्यान्न वाली तर्फ विउ उत्पादनमा नमुना पर्दशन गरेका कपुरकोट २ का टोपबहादुर घर्ती पनि पुरस्कृत भएको जानकारी दिए ।
कपुरकोट गाउँपालिकाका प्रमुख भिमबहादुर सेन, उपाध्यक्ष तिला बुढा मगरले नगद पाँच÷पाँच हजार र सम्मान पत्रले शुक्रवार उनीहरुलाई सम्मान गरेका थिए । कृषि विकास शाखा तथा कृषक मुल समितिले गरेको मुल्याांकनको आधारमा उनीहरुलाई सम्मान र पुरस्कृत गरिएको हो । पुरस्कृत भएपछि झन आफुहरुलाइ कृषिमा केहि गर्ने हौसला मिलेको किसानहरुले प्रतिक्रिया दिएका दिएका छन् ।

राम्राे कार्यकाे थालनी ✌✌✊✊