२०८३ असार ७ गते आइतवार

रुपन्देहीमा दुई महिलामाथि ग्याँङ रेप


रुपेन्देही, असार ९ । रुपन्देहीको गैडहवा गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत समेतको संलग्नतामा २ युवतीमाथि सामूहिक बलात्कार भएको खुलासा भएको छ। घटनामा संलग्न रहेको आशंकामा गैडहवाको प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत जीवन ज्ञवालीलाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ । पीडित युवतीहरुले दिउको किटानी जाहेरीका आधारमा ज्ञवालीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनलाई ईलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको छ ।

असार २ गते राति ८ बजे दुई युवतीलाई १२ युवाहरुले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । गैडहवा गाउँपालिकाका दुई युवतीलाई स्थानीय विष्णु थारुले खाजा खान नजिकैको दलाल चोकमा बोलाएका थिए । बेलुका ५ बजे गएका २ युवती, विष्णु र विष्णुका साथीले होटलमा बियरसहित खाजा खाँदासम्म त्यही बसेर ८ बजेतिर घर फर्किदै थिए ।

तर बाटोमा दुवै युवाहरुले जबर्जस्ती गर्न थाले । त्यही क्रममा एकजना युवती भागेर नजिकैको हसनापुर गाउँमा पुगेर गुहार मागिन । ती युवतीको आग्रहमा स्थानीय प्रकाश रिजालले अन्य ४ युवालाई लगेर त्यहाँ पुगे । जसमा प्रधानमन्त्री रोजगार कार्यक्रमका अधिकृत जीवन ज्ञवाली पनि थिए । त्यसपछि उद्धारमा हिडेका युवाले ती युवतीलाई पनि जवरजस्ती बलात्कार गरेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।

एकजना युवतीलाई ४ जनाले र अर्कीलाई ८ जनाले बलात्कार गरेको भन्ने जाहेरी परेको प्रहरीले जानकारी दिएको छ । सामूहिक बलात्कारमा परेका युवतीको श्वास्थ्य र मानसिक अवस्था सामान्ने हुन नसकेको प्रहरीले बताएको छ । प्रहरीले भने घटनामा संलग्न भनिएका अधिकांश युवाहरु फरार रहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २०७६ असार ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *