२०८३ असार ७ गते आइतवार

किशोरी शिक्षाः २ सय ३० जना छात्राहरुलाइ अभिमुखिकरण

सल्यान, असार ७ । सल्यानको कपुरकोट गाउँपालिकाले शनिबार २ सय ३० जना किशोरीहरुलाइ अभिमुखिकरण गरेको छ । आधारभुत तथा माध्यामिक तहका छात्राहरुको लागी नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कपुरकोट ४ किमुचौरमा एक दिने किशोरी शिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

किशोरीहरुको महिनावारि स्वच्छता, प्रजनन स्वास्थ्य, बाल विवाह न्युनिकरण तथा आइपर्ने समस्या समाधान संगै नेतृत्व विकासमा टेवा पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको शिक्षा शाखा कपुरकोटका प्रमुख कृष्ण भण्डारीले जानकारि दिए ।

कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपलिकाका प्रमुख भिम बहादुर सेनले किशोरीहरुको सामाजिक तथा आर्थिक सशक्तीकरण गर्दै बाल विवाह न्यूनीकरण र लैङ्गिक हिंसा अन्त्य गर्न विभिन्न कार्यक्रम आफुहरुले सञ्चालन गरिरहेको बताए ।

उनले बिहेवारी २० वर्षपारि भनिए पनि पालिकामा अधिकतम किशोरी बाल विवाहको सिकार हुने गरेकाले स्वयम किशोरी आफैमा सचेत बन्नुपर्नेमा जोड दिए । शंकर के सीले सहजीकरण गरेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले सानै उमेरमा विवाह गर्दा अनेकौँ समस्या भोग्नुपरेको भन्दै पिडित महिलाहरु न्यायीक समितीमा आउने गरेको बताइन् । उनले किशोरी शिक्षाले कम उमेरमै हुने विवाहलाइ रोक्ने र यसले समग्रमा समाजको स्वास्थय अवस्था मजबुत हुने विश्वास ब्यक्त गरिन् । कपुरकोट ४ का वडाध्यक्ष हरिलाल पुनले किशोरीहरुले आफ्ना समस्या खुलेर अभिभावक र साथीहरुसंग राख्नुपर्नेमा जोड दिए ।

किशोरी शिक्षा कार्यक्रममा स्वास्थ्य शाखा कपुरकोटका संयोजक अरुण दाहाल, नेरामावि किमुचौरका प्रअ सिट्टीसाप विष्ट, धनवांग स्वास्थ्य चौकी कपुरकोटका इन्चार्ज देवेन्द्र कुमार सेन, प्रहरी चौकी कपुरकोटका इन्चार्ज सुरेन्द्र बुढाथोकी लगाएतले प्रशिक्षण दिएका थिए । आइतबार विरेन्द्र मावि गर्पामा किशोरी शिक्षा अभिमुखिकरण गरिने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७६ असार ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *