२०८३ असार ७ गते आइतवार

सल्यानमा पर्यटन मार्ग निर्माण सुरु


सल्यान, असार ४ । सल्यानमा ४५ लाखको लागतमा पर्यटन मार्ग निर्माण थालिएको छ । कपुरकोट ६ सातामुल छाँयानाथ सिनवाङ हुँदै त्रिवेणी गाउँपालिकाको फालावाङ जोड्ने पर्यटन मार्गको बुधबार जनप्रतिनिधिसहितको टोलीले स्थलगत अनुगमन गरेका छन् । कर्णाली प्रदेश सरकारको ४५ लाख अनुदानमा पर्यटन मार्ग निर्माण सुरु भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष न्यूटन वलीले जानकारी दिए ।

सिनवाङको पर्यटकीय क्षेत्र सातामुलदेखि कुनैदिन ऐतिहासिक फलावाङको पुतली दरबारसम्म भएको स्थान सम्म पर्यटन मार्ग जोडिएको छ ।

कपुरकोट गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले त्यस अवसरमा उपभोक्ता समितिलाई गुणस्तरिय काम गर्न आग्रह गरेका छन् । अध्यक्ष सेनले सडकको मुखदेखि नै फराकिलो र सफा गर्दै अघि बढ्न आग्रह गरेका थिए । उक्त मार्गले पर्यटन विकाससंगै किसानलाई फाइदा हुने उनको विश्वास छ ।

 

प्रकाशित मिति : २०७६ असार ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *