
दाङ, असार १ । तुलसीपुरमा स्कुटरको ठक्करले ठक्कर दिा एकजना बृद्धको मृत्यु भएको छ । यो खवर तयार पार्दा सम्म मृतकको सनाखद हुन सकेको छैन । अन्दाजी ७० बर्षको जस्तो देखिने ती व्यक्ति मधेसी मुलको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार मृतकको शरिरमा खैरो सेतो रंगको ज्याकेट,कपाल दारी जुङ्गा फुलेको, बायाँ खुट्टामा रड हालेको र उचाई ५ फिटको रहेको छ ।
राप्ती राजमार्ग अन्गरगत तुलसीपु–सल्यान सडक खण्डमा रा २ प १०६७ नम्वरको स्कुटरको ठक्कर बाट घाइते व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेना निवासी २२ बर्षीय समिर चौधरीले चलाएको स्कूटरले उनलाई ठक्कर दिएको थियो । गम्भीर घाइते उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।
प्रकाशित मिति : २०७६ असार १ गते आइतवार
