
दाङ, जेठ ३१ । २० हजार नगद घुससहित दाङका सहायक वन अधिकृत रामज्ञाप्रसाद साह पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोको क्षेत्रीय टोलीले साहलाई सेवाग्राही लिदै गरेको घुस रकमसहित लमहीबाट उनलाई पक्राउ गरेको हो । सहायक वन अधिकृत साह सव वन डिभिजन कार्यालय वेलामा कार्यरत छन् ।
सप्तहरी निवासी साहलाई अख्तियारको टोलीले नियन्त्रणमा राखेको छ । अख्तियारको क्षेत्रीय टोलीले भने यो खवर तयार पार्दै गर्दा कुनै जानकारी दिएको छैन । जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले शुक्रवार दिउँसो लमही बजारको एक पसलबाट साहलाई प्रहरीसहितको अख्तियारको टोलीले पक्राउ गरेको जानकारी दिए ।
प्रकाशित मिति : २०७६ जेष्ठ ३१ गते शुक्रवार
