२०८३ मङ्सिर ९ गते मङ्गलवार

तुलसीपुर ११ मा १ सय ३८ बालबालिका कुपोषित भेटिए


सुशील बस्नेत,
दाङ, जेठ २८ । तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ११ मा मात्रै १ सय ३८ जना वालवालिका कुपोषित अवस्थामा फेला परेका छन् । ती मध्ये ४७ जना वालवालिका मात्र सम्पर्कमा छन् । बाँकी ९१ जना कुपोषित वालवालिका सम्पर्कमा नआएको स्वास्थ्य चौकी टरिगाउँका फोकल पर्सन रेणु केसीले जानकारी दिइन ।

युएआईडिको सहयोगमा तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको सुआहारा कार्यक्रमको मंगलबार वडा नम्वर १० को राईखलीयानमा गरिएको कडा सिघ्र कुपोषणको उपचार तथा घरायसी ब्यबस्थापन सम्बिन्ध अभिमूखिकरणमा केसीले सम्पर्कमा आएका ४७ जना मध्ये निको भएका १३ जना, उपचार गर्दा गर्दै आउन छोडेका २२ जना,अन्य अस्पतालमा थप उपचारका लागि आएका ७ जना र औषधी सेवन गरि रहेका ५ जना रहेको केसीले जानकारी दिइन ।

२०७४ चैत ७ गतेदेखि २०७६ जेठ २७ गते सम्मको शिघ्र कुपोषणको एकीकृत ब्यबस्थापन कार्यक्रम अन्तर्गत तुलसीपुरका ११ वटा वडामा कुल ६ हजार ९ सय ८ जना वालवालिकाहरु रहेको स्वास्थ्य महाशाखा तुलसीपुरले जानकारी दिएको छ ।

११ वटा वडाको केन्द्र टरिगाउँ केन्द्रमा अझंै ९१ जना कुपोषित वालवालिका सम्पर्कमा नरहेको केसीले जानकारी दिइन । बाँकी ८ वटा वडाको केन्द्र मानपुरमा पनि कुपोषित वालवालिका फेला परेको सुआहाराका पदाधिकारीले जानकारी दिएका छन् ।

तुलसीपुरकी उपप्रमुख माया आचार्यले कुपोषित वालवालिकाको संख्या चिन्ताजनक रहेको बताइन ।
टरिगाँउ केन्द्र अन्तर्गत ११ वटा वडाका १ सय ३८ जना मध्ये बढी संख्यामा सम्पर्कमा नआउनु चिन्ताको बिषय भएको आचार्यले बताइन ।

वडा नम्वर १० का वडा अध्यक्ष कुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सुआहारका जिल्ला संयोजक सुरज शर्मा, तुलसीपुर स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर गोर्कण दाहाल,बेस नेपालका कार्यकारी निर्देशक चूर्णबहादुर चौधरीले मनतव्य व्यक्त गरेका थिए । कार्यक्रममा कुपोषित वालवालिकाको उपचारमा सम्लग्न १३ जना आमालाई सम्मान गरिएको थियो ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *