
शिवु खनाल,
देउखुरी, जेठ १५ । लमहीमा महिला स्वास्थ्य स्वयमसेविकालाई १८ दिने आधारभुत तालिम प्रदान गरेको छ ।
लमही नगरपालिकाले आयोजना गरेको नयाँ तथा छुट महिला स्वास्थ्य स्वयमसेविकालाई १८ दिने आधारभुत तालिम दिएको हो । सहभागी महिला स्वास्थ्य स्वयमसेविकाहरुले पहिले भन्दा अहिले स्वास्थ्य सम्बन्धि केही फरक कुराहरु जान्न पाउदा खुसी व्यक्त गरेका छन् ।
तालिममा शिशु स्याहार, खोप केहो ? आमा स्वास्थ्यका कुराहरु, आमा समुहहरुमा कसरी पु¥याएउने ? लगाएत अन्य नयाँ स्वास्थ्य सम्बन्धि कुराहरुबारे अवगत गराइएको महिला स्वास्थ्य स्वयमसेविका देवकी देवकोटाले जानकारी दिइन । लमही नगपालिका नगर प्रमुख कुलबहादुर केसीले महिला स्वास्थ्य स्वयमसेविकाहरुको भूमिका समाजमा अहम रहेको हुँदा उनीहरुलाई थप ज्ञान दिन आधारभुत तालिमको आयोजना गरिएको बताए । केसीले महिला स्वास्थ्य स्वयमसेविकाहरुले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको तर्कपनि गरे । प्रमुख केसीले आफुले आर्जन गरेको ज्ञान र सीप गाउँ घरमा पुगेर मुस्कान सहितको सेवा प्रदान गर्न महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई आग्रहपनि गरे ।
१८ दिने आधारभुत तालिममा प्रमुख प्रशिक्षक स्वास्थ्य कार्यालय दाङकी रेनु श्रेष्ठ र स्वास्थ्य कार्यालय दाङका खिमा भुषाल तथा लमही नगरकी स्वास्थ्य संयोजक रुपनारायण चौधरी र स्वास्थ्य साहायक गायत्री थापा थिए ।
