२०८३ कार्तिक १९ गते बुधवार

दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


दाङ,पुस १६ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन २०८० का लागि घोराही उपमहानगरपालिका–१५ स्थीत प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।

निर्वाचन आयोगको निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने कार्यक्रम अनुसार लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेकाले अब आयोगको कार्यतालिका अनुसार निर्वाचनका कार्यक्रमहरु अघि बढ्ने निर्वाचन अधिकृत कार्कीले जानकारी दिएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको छ । आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका निर्वाचित १९ र मनोनित एक गरी २० सदस्यको कार्यकाल सकिँदैछ ।

जसअनुसार लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि दुई सदस्यका लागि निर्वाचन हुनेछ ।

निर्वाचन अधिृकतको कार्यालय स्थापना कार्यक्रममा निर्वाचन अधिकृत कृपासुर कार्की, लुम्बिनी प्रदेश निर्वाचन कार्यालय प्रमुख लक्ष्मीदत्त कलौनीलगायको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *