२०८३ कार्तिक २५ गते मङ्गलवार

राष्ट्रियसभा निर्वाचनमा भाग लिने दलहरूलाई चुनाव चिह्न प्रदान गरिने

काठमाडौं ,पुस १ । राष्ट्रियसभा निर्वाचनका लागि दलहरुले आज चुनाव चिह्न पाउने भएका छन् ।

शुक्रवार चुनावमा भाग लिन १२ दलले निवेदन दिएका थिए । दर्ता भएका सबै दललाई निर्वाचन आयोगले चुनाव चिह्न दिने भको हो ।

दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ ।

फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ । माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ । एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *